सुनचांदी पसल कसरी चोरीको घटनाबाट बच्ने ?

पछिल्लो समय सुनचाँदी पसलहरु चोरीको घटनामा निकै प्रताडित हुनुपरेको छ । राणाकालिन ऐनलाई विस्थापन गर्दै मुलुकमा नयाँ देवानी र फौजदारी कानुनहरु लागु गरीएको छ । नयाँ कानुनमा चोरीको महलको विषयमा यसरी व्याख्या गरिएको छ ।

मुलुकी अपराध(संहिता) ऐन २०७४ को परिच्छेद २० मा चोरीको महल समावेश गरिएको छ । जसलाई निम्नानुसार देखाउन सकिन्छ ।

दफा २४१ चोरी गर्न नहुनेः (१) कसैले चोरी गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि कसैले अन्य व्यक्तिको स्वामित्व, कब्जा, नियन्त्रण वा जिम्मामा रहेको चल सम्पत्ति आफ्नो बनाउने, उपभोग गर्ने वा लिने खानको लागि त्यस्तो व्यक्तिको मञ्जुरी विना बेइमानीका नियतले लिएको वा स्थान परिवर्तन गरेमा निजले चोरी गरेको मानिनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि

क) मन्जुरी भन्नाले लिखित वा मौखिक रुपमा दिइएको वा आचरणद्धारा व्यक्त भएको मञ्जुरी सम्झनुपर्छ ।

ख) १८ वर्ष नपुगेका बालबालिकाको वा होस् ठेगानामा नभएको व्यक्तिको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।

दफा २४२ चोरी गरेमा हुने सजायः

१) देहाय बमोजिमको अवस्थामा चोरी गर्ने वा गराउने व्यक्तिलाई दुई वर्ष देखि सात वर्षसम्म कैद र विस हजार रुपैया देखि ७० हजार रुपैयासम्म जरिवाना हुनेछ ।

क) कुनै सरकारी वा सार्वजनिक सम्पत्तिमा कुनै धार्मिक स्थान वा देवालयको सम्पत्ति चोरी गरेमा ।

ख) कुनै व्यक्तिलाई मादक पदार्थ खुवाई वा लागु पदार्थ सेवन गराई वा अरु किसिमले वेहोस् गराई कुनै सम्पत्ति चोरी गरेमा ।

ग) भुकम्प, आगलागी बाढी, हुलदङ वा यस्तै प्रकृतिको अरु कुनै संकटपन्न स्थितीमा वा कुनै दुर्घटनाको मौका छोपी सवै सम्पत्ति चोरी गरेमा ।

घ) आफु जुन कार्यालय वा व्यक्तिको सेवामा रहेको छ त्यस्तो कार्यालय वा व्यक्तिको सम्पत्ति चोरी गरेमा ।

(२) उपदफा (१) मा लेखिएदेखि वाहेक अन्य अवस्थामा चोरी गर्ने वा गराउने तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना हुनेछ ।

दफा २४३.नकवजनी चोरी गर्न नहुनेः कसैले नकवजनी गर्न वा गराउन हुँदैन ।

(२) उपदफा(१) को प्रयोजनको लागि कुनै घरमा सो घरको मुल ढोका फोडी वा मुल ढोका वाहेक अन्य कुनै बाटो स्थान वा तरिका वा साधनबाट प्रवेश गरी चोरी गरेमा वा चोरी गरीसकेपछि मुल ढोका फोरी वा मुल ढोका बाहेक अन्य कुनै बाटो स्थान वा तरीका वा साधनबाट वाहिर निस्केमा वा निस्कन उद्योगमा गरेमा निजले नकवजनी चोरी गरेको मानिन्छ ।

(३) उपदफा(१) बमोजीमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षदेखि पाचै वर्षसम्म कैद र विस हजार रुपैयाँ देखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

धारा २५ सम्पत्तिको हक(१) प्रत्येक नागरिकलाई कानुनको अधिनमा रही आर्जन गर्न भोग गर्न,वेचविखन गर्न, व्यवसाय लाभ प्राप्त गर्न र सम्पत्तिको अन्य कारोवार गर्ने हक हुनेछ ।

तर राज्यले व्यक्तिको सम्पत्तिमा कर लगाउन र प्रगतीशिल करको मान्यता अनुरुप व्यक्तिको आयमा कर लगाउन सक्नेछ ।

स्पष्टीकरणः–यस धाराको प्रयोजनका लागि सम्पत्ति भन्नाले चल अचल लगायत सवै प्रकारको सम्पत्ति सम्झनुपर्छ र सो शब्दले बौद्धिक सम्पत्ति समेतलाई जनाउछ ।

(२) सार्वजनिक हितका लागि वाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गर्ने, प्राप्त गर्ने वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारले कुनै अधिकारको सिर्जना गर्ने छैन । तर कुनै पनि व्यक्तिले गैरकानुनी रुपले आर्जन गरेको सम्पत्तिको हकमा यो उपदफा लागु हुनेछैन ।

(३) उपदफा २ सार्वजनकि हितको लागि राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्दा क्षतिपूर्तिको आधार र कार्यप्रणाली ऐन बमोजिम हुनेछ ।

(४) उपदफा (२) र (३) को व्यवस्थाले भूमिको उत्पादन र उत्पाकत्व वृद्धि गर्न कृषकको आधुनिकिकरण र व्यवसायिकरण वातावरण संरक्षण, व्यवस्थित आवास तथा सहरी विकास गर्ने प्रयोजनका लागि राज्यले कानुन बमोजिम भूमि सुधार, व्यवस्थापन र नियमन गर्ने बाधा पर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्