मधुपुरीका सान डम्बरबहादुर, ए.डि. एण्ड सन्स सुनचाँदी दुकान तथा टुल्स सप

पोखराको गहना बजारमा आफुलाई स्थापित गरेको बहुआयामिक पसल मध्ये ए.डि. एण्ड सन्स सुनचाँदी दुकान तथा टुल्स सप पनि एक हो । मोहरियाटोल स्थित यस प्रतिष्ठानका संचालक डम्मर बहादुर विश्वकर्मा हुनुहुन्छ । जगतपुर मधुपुरी घर भएर लामो समयदेखि पोखरामानै स्थापित भएर व्यवसाय गर्दै आउनुभएका विश्वकर्मा तीनवटा खम्बा बनाएर व्यवसाय गर्ने नमुना व्यक्तिको रुपमा हुनुहुन्छ ।

गहनाको विक्री वितरण,गहना निर्माणको लागि आवश्यक पर्ने औजार तथा कच्चापदार्थ र गहना सजावट लागि चाहिने सामग्री, त्रिकोणबाट ए.डि. प्रतिष्ठान संचालनमा रहेको छ । २०४९ सालबाट सुरु भएको यस पसलको अवधारणाले अहिले आएर पूर्णरुप पाएको छ । अहिले आधुनिक तथा मौलिक गहना बनाउन प्रयोग हुने प्रविधीयुक्त ज्यावालको लागि दुकान प्रशिद्ध रहेको छ । टुल्स शाखामा खासगरी पाता पेल्ने मेशिन,रोलर,पुरानो रोलर मेशिन मर्मत,प्लाष्टिकका डब्बा,सिरियल बक्स, झोलामा नाम छपाउनुका साथै,टे« र गल्ला होलसेल मुल्यमा पाइन्छ । विभिन्न क्षेत्रबाट आयत गरिएको पत्थरहरु पनि यहाँबाट पूर्ति हुने गरेको छ ।

ए.डि. प्रतिष्ठानका तीनवटा विक्री कक्षहरु बनाइएको छ । सुनचाँदीको दुकान,औजार तथा ज्यावालहरु अनि सजावटका लागि प्रयोग हुने गल्ला,ट्रे को छुट्टाछुटै कक्ष रहेको छ । पोखराको पुरानो होलसेल पसल भएकाले यहाँका ज्यावालहरु स्याङजा,बागलुङ,बेनी,पाल्पा,गोरखा,लम्जुङसम्म विक्री वितरण हुने गर्दछ । तयारी सुनचाँदीका गरगहना पनि यहाँबाट होलसेल दरमा विक्री वितरण हुँदै आएको छ ।ए.डि. प्रतिष्ठानले हालसालै नारायणगढमा शाखाको रुपमा प्रकाश औजार खोलेको छ ।

समाजसेवीका रुपमा समेत परिचित डम्बर विश्वकर्मा सानै देखि वर्गीय परिवर्तनको लागि दिलो ज्यान दिने व्यक्ति समेत हुनुहुन्छ । आफ्नो समुदाय क्षेत्रको विकासको लागि बेला बखतमा उहाँले आर्थिक तथा विभिन्न किसिमको सहयोग गर्दै आउनुभएको छ । प्राविधीकरुपमा पूर्ण जानकार नभई यसरी तीन धारबाट व्यवसाय गर्न गा¥हो पर्दछ । ‘मैले यसका लागि अथक मेहनेत र औजारसम्बन्धी सुक्ष्म अध्ययन र तालिम गरे ।कुनै पनि व्यवसायी तथा कालिगढलाई आवश्यक पर्ने औजार तथा सामानहरुको बारेमा म बुझ्न सक्दछ’ु संचालक विश्वकर्माले भन्नुभयो । ’ज्यावाल तथा औजार बेच्ने मात्र होइन त्यसलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा क्रेतालाई सिकाइदिने भएकाले आफुँलाई धेरैले विश्वास गरेको उहाँको भनाई छ । ’गहना व्यवसायको लागि आवश्यक पर्ने टुल्सहरु नेपालमै उत्पादन गर्न सकिने सीप र क्षमता छ त्यसको लागि सरकारले लगानी गरेर वातावरण मिलाइदिए अरुको भर पर्नुपर्दैन‘विश्वकर्माले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्