संजालको गतिविधिले व्यवसायमा फुट ल्याउने चिन्ताः साह

Rajesh Shah

नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का सह–संयोजक राजेस साहले विश्वकर्मा सुनचाँदी व्यवसायी संजालको गतिविधिले गर्दा यस क्षेत्रमा मिलेर बसेको व्यवसायीहरुमा कतै फुट आउछ की भन्ने चिन्ता लागेको बताउनुभएको छ ।

आभूषण बजार पत्रिकासँग कुराकानी गर्दै सप्तरी सुनचाँदी व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका साहले विश्वकर्मा देखि सवै समुदायका कालिगढ तथा व्यवसायीहरु हामीसँग मिलेर कार्य गरिरहेको अवस्थामा एकाएक उनीहरुलाई भड्काउने ढंगबाट भेला तथा कार्यक्रम गरिनुले कम्पनीको भिजन र उद्देश्य नदेखिएको बताउनुभयो । कुनै पनि सद्भाव विथोलिने र द्धन्दलाई निम्तो दिने ढंगबाट हुने गतिविधिलाई आफुहरुले अस्विकार गर्ने साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्