प्रदेश सदस्यहरुबाट संजालले व्यवसायीमा तनाव ल्याएको भन्दै चिन्ता

Kamlesh Shah

काठमाडौं,पौष । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का सदस्य कमलेस साहले सुनचाँदीलाई राज्यले गिद्धेनजरले हेरिरहेको अवस्थामा महासंघको उपाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिनै जातियरुपमा भड्किएर गतिविधि गर्दै हिडिरहेको भन्दैं चिन्ता व्यक्त गर्नुभएको छ ।

अहिलेको २१ औं शताब्दीमा सुनचाँदी पेशा मेरो मात्रै पेशा हो,यसमा जे पनि मैले मात्र गर्न पाउनुपर्छ भन्ने सोच हावी हुनु सुनचाँदी व्यवसाय र महासंघकै एकताको लागि विडम्बना भएको बताउनुभएको छ । निश्चित जातीको लागि भन्दैं जातियताको नारा लिएर महासंघको जिम्मेवार मानिसले योजना लिएर हिड्नु महासंघ के का लागि भन्ने प्रश्न उठेको र यो निकै हास्यास्पद भएको साहको भनाई छ ।

लहान सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्याम साहलेले पनि संजालले गरिरहेको गतिविधिको शैली चित्तबुझ्दो नभएको बताउनुभयो । व्यवसायीहरुलाई फुटाउने ढंगबाट कार्यक्रम गरिनु राम्रो नभएको साहको भनाई छ । व्यवसायीहरु एक भएर अघि बढ्ने समयमा संजालको नाममा यस्तो हुनु दुःखद भएको साहको भनाई छ । जातिवादको नारा अहिलेको शताब्दीमा उपयुक्त नभएको उहाँको भनाई छ ।

प्रदेश सदस्य राजकुमार साहले सुनचाँदीमा जातजातीको संगठन बनाउनु भनेको ढुंगेयुगको सोच भएको बताउनुभयो । सुनचाँदीभित्र द्वन्द्व निम्त्याउने गरी बनाउने जातीय संगठनको सोचहरुलाई महासंघले कडा ढंगबाट प्रस्तुत भएर व्यवहार गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सदस्य अमित गुप्ताले जातीय सञ्जालका कारण व्यवसायी व्यवसायीबीचमा मनमुटाव उत्पन्न हुने हुँदा यस्तो कार्य गर्न नहुने बताउनुभयो ।

यसैगरी व्यवसायी वसन्त साहले सुनचाँदी पेशाका सबै वर्ग एउटै रुखका हाँगा भएकाले एकअर्कासँग छुट्याउन नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्