विश्वकर्मा संजालको कम्पनीले सुनचाँदी कालिगढ संशकित

काठमाडौं,पौष । जातिय विग्रह र धुव्रिकरण गराएर व्यवसायीमा फुट गराएको भन्दैं चर्को आलोचना खेपीरहेको विश्वकर्मा सुनचाँदी व्यवसायी संजालको कम्पनीबाट सुनचाँदीका गरगहना ठुलो उत्पादन गर्ने भनिएको योजनाबाट वर्षौ देखि हस्तकलाको काम गर्दै आइरहेका कालिगढहरु संशकित भएका छन् । काठमाडौंमा संजालले बालाजुस्थित एक क्याफेमा आयोजनामा गरेको कार्यक्रममा सहभागी केही कालिगढ पंक्तीहरु संजालको बताएअनुसारको खाँकामा रहेर काम गर्न मुस्किल हुने भन्दैं निराशा प्रकट गरेका छन् ।

संजालका कारण देशका विभिन्न क्षेत्रमा सुनचाँदी पेशामा जातिय विग्रह,गाली गलौज सामाजिक संजालमा छताछुल्ल भइरहेको अवस्थामा विश्वकर्मा समुदायकै पंक्तीबाट चर्को आलोचना खेपीरहेको र विश्वास गुमाउँदै गइरहेको संजालले राजधानीमा सुटक्क गरेको कार्यक्रममा सहभागी कालिगढहरु समेत निराश भएका हुन् । महासंघको प्रदेश नम्बर २ ले संजाललाई चेतावनीपूर्ण भाषामा ध्यानाकर्षण गराएको छ भने महासंघका वहुमत सदस्य समेत विश्वकर्मा शब्दलाई सिंगो सुनचाँदी पेशामा जोडेर शब्दको दुरुपयोगगरी स्वार्थ पुरा गर्न लागिएको भन्दै विरोधमा उत्रिएका छन् ।

हामीले संजालका संयोजकलाई कम्पनी मार्फत कालिगढका हक अधिकारलाई कसरी सम्बोधन हुन्छ भनेर सोध्र्यौ ती कालिगढले नाम नखोल्ने सर्तमा भने उहाँहरुले ३ महिना काम सिकाउने त्यसपछि कालिगढलाई १५ वर्ष कागजी एग्रिमेन्ट गरेर १५ देखि २० हजार मासिक तलवमा राखेर काम गराउने कुरा गर्नुभयो । १५ वर्ष काम गरेपछि दान उपदान गरेर ४० लाख दिने कुरा उठाउनुभयो तर यो मंहगी शहरमा कालिगढले ४० लाखमा कम्पनीलाई सारा जीवन सुम्पीनुपर्ने कुरा आफुहरुलाई चित्त नबुझेको ती कालिगढहरुले बताए । उत्पादनशिल उमेर र कमाउनुपर्ने समयमा यसरी कालिगढले उनीहरुको नीतिमा बाधिएर काम गर्दा भविष्य सुनिश्चित नहुने भन्दै उनीहरु सशंकीत बनेका हुन् ।

१ अर्व आर्थिक संकलन गरेर अघि बढाइने भनिएको महत्वकांक्षी योजनाका लागि भोलीको दिनमा गहना उत्पादन गर्ने उच्च प्रविधिका मेशिन ल्याउनुपर्ने हुन्छ यसबाट अहिले कालिगढ गरेर बसेको साना कारखाना र हातबाट मौलिक गहना निर्माण गर्ने कालिगढहरु पलायन हुनुपर्ने अवस्था आउने भन्दै सो अवसरमा कालिगढहरुले अहिले आफुहरुले गरिआएको कारखानाको भविष्यप्रति चिन्ता व्यक्त गरेका हुन् ।

महासंघभित्रको जुँगाको लडाईका कारण आफु नेता बन्नको लागि अहिले इगोको रुपमा विश्वकर्मा शब्दलाई दुरुपयोग गरी व्यवसायलाई विवादमा तानिएको भन्दैं सो अवसरमा सहभागीले प्रश्न गरेपछि कुनै चित्तबुझ्दो जवाफ संजालको संयोजकले समेत नदिइकन टारेको सहभागीले बताए । विश्वकर्मा नामलाई जोडेर सुरुमा संजालले विश्वकर्मा व्यवसायीको ध्यान केन्द्रित गरेता पनि जातियरुपमा गरिने व्यवसायले सवै समुदाय वर्गको साथ नपाउने र डुब्ने भन्दै महासंघ भित्रकै प्रभावशाली व्यक्तिहरुबाट चर्को आलोचना गर्न थालेपछि संजालको कार्ययोजनामानै प्रश्न चिन्ह खडा भएको छ । संजालले प्रविधियुक्त मेशिन ल्याएपछि बहुसख्यक ह्याण्डमेड गहना बनाएर पेट पाल्ने कालिगढ र कारखाना खोलेर बसेकाहरु विस्थापीत हुनेबाट कसरी संरक्षण गर्न सक्ने कुनै ठोस आधार नआएपछि कालिगढहरु संशकीत बनेका छन् । संजालका कारण विभिन्न जाति समुदायका सुनचाँदी पेशाकर्मीवीच बाजाबाज भइरहेको अवस्थामा उता कास्कीकै नमुनारुपमा रहेको स्वर्णकार कल्याण सेवा समितिले भने कालिगढको हक अधिकार,सामुहिक लगानी र गहना उत्पादनमा सवैसँग समन्वय गरी सफलता हासिल गरीरहेको उदाहरण सुनचाँदी पेशामा जातियताको खेती गर्नेहरुले सिक्नुपर्ने बेला भएको छ ।

प्रतिक्रिया दिनुहोस्