सुनचाँदी महासंघ प्रदेश २ कार्यालय उद्घाटन हुँदै

Federation of nepal gold and silver association

पर्सा,माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर–२ को कार्यालयको उद्घाटन हुने भएको छ ।

महासंघलाई संघीय ढाँचा अनुसार व्यवस्थित बनाउने उद्देश्य अनुरुप सुनचाँदी प्रदेश नम्बर २ को कार्यालय पर्साको वीरगञ्ज स्थित मेनरोडमा यहि माघ १२ गते शनिवार उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का संयोजक तथा महासंघका उपाध्यक्ष शिवकुमार सर्राफले बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यबाट कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको महासंघका कार्यवाहक अध्यक्ष माणिकरत्न शाक्यद्धारा जारी पत्रमा उल्लेख गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलाई वलियो संगठन बनाउन सवै व्यवसायीहरुलाई एकिकृत भएर कार्यक्रममा सहभागी हुन समेत अनुरोध गरिएको छ । कार्यक्रममा व्यवसाय क्षेत्रमा देखिएको पछिल्लो समस्याका विषयमा समेत औपचारिक तथा अनौपचारिकरुपमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्