सुनचाँदी महासंघ प्रदेश २ कार्यालय स्थापना

Pradesh 2 gold & silver federation

पर्सा,माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर–२ को कार्यालय संचालनमा ल्याइएको छ ।

महासंघलाई संघीय ढाँचा अनुसार व्यवस्थित बनाउने उद्देश्य अनुरुप सुनचाँदी प्रदेश नम्बर २ को कार्यालय पर्साको वीरगञ्ज स्थित मेनरोडमो शनिवार नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले रिवन काटेर विधिवतरुपमा उद्घाटन गर्नुभएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एंवम प्रदेश नम्बर २ का संयोजक शिवकुमार सर्राफको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश २ का पदाधिकारी लगायत ८ जिल्लाका व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले महासंघको एकताबाटनै व्यवसायीहरुको समस्या उठाउन सहज हुने भन्दै सुनचाँदी नीति नियमको लागि राज्यलाई सवै तहबाट घच्चघचाउन आवश्यक रहेको बताउनुभयो ।

सुनको आपूर्ति,नीति नियमको अभाव,चोरीका समस्या आमव्यवसायीहरुको साझा समस्या भएकाले व्यवसायीहरुले जिल्ला संघ,प्रदेश कार्यालय हुँदै महासंघको केन्द्रिय कार्यालयमा समेत चरणबद्धरुपमा गुनासो समस्या राख्न सकेको खण्डमा संगठनको महत्व र व्यवसायिक शक्ति बढ्ने शाक्यले बताउनुभयो । सो अवसरमा उपस्थित व्यवसायीहरुले विभिन्न समस्याका वारेमा पूर्व अध्यक्ष शाक्यलाई सवाल राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्