भैरहवाका सुनचाँदी व्यवसायीबाट रक्तदान कार्यक्रम सम्पन्न

Blood donation from bhairava gold & silver federation

भैरहवा,माघ । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ भैरहवाको आयोजनामा बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानामगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी तथा सर्वसाधरणले उत्साहजनकरुपमा रक्तदानमा सहभागिता जनाएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी उपरिक्षक हृदय थापा विशिष्टि अतिथि रहनुभएको सो कार्यक्रममा अतिथिको रुपमा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष प्रेमकुमार सेन्चुरी,नेपाल भारत दलित मैत्री संघका केन्द्रिय अध्यक्ष ओमप्रकाश विश्वकर्मा,रुपन्देही सुनचाँदी व्यवसायी संघका प्रथम उपाध्यक्ष रामकिशन सेन्चुरी,रामदाम सेवा समितिका संस्थापक अध्यक्ष हरिबहादुर रामदाम,नेपाल रेडक्रस सोसाइटीका दिपक क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

सुनचाँदी व्यवसायिक क्षेत्रको मानवताको सेवामा संलग्नता भन्ने पक्षलाई ध्यान दिदैं सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । धुव्र लाम्गादे कार्यक्रम संयोजक रहनुभएको सो अवसरमा ३६ पोका रगत संकलन गरिएको थियो । कार्यक्रम सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणी विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम संघ सचिव किस्मत विश्वकर्माले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्