शिर्ष नेताहरुको यस्तो छ औंठी मोह

Sher Bahadur Deuba

काठमाडौं,पौष । नेपाली नेताहरु औंठीका सौखिन छन् । पूर्व प्रधानमन्त्री एंव काग्रेस सभापति शेरबहादुर देउवा पनि दुवै हातको साइली औलामा औंठी लगाउने गर्दछन् । ज्योतिषीको सल्लाह अनुसार देउवाले औंठी लगाएका हुन् । नेकपाका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले औंठीमा खासै सोख नदेखाए पनि हातमा व्लडप्रेसर कम गर्ने धातु धारण गरेको पाइन्छ । पूर्वराजा ज्ञानेन्दै शाहले पनि ज्योतिषीको सल्लाहमा दुवै हातका साहिली औंलामा औंठी लगाएका छन् ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द,पूर्व सभामुख सुवास नेम्बाङ, पनि औंठीका सोख भएका नेता हुन् । नेताहरुको भनाई अनुसार कतिपयले ज्योतिषको सल्लाहमा राशिअनुसारको पत्थरजडित औठी भिरेका छन्, कतिपय आफ्नो औंठीलाई प्रेमको प्रतीक बताउछन् भने कतिले उपहार पाएर लगाएको बताउछन् ।

पूर्व सभामुख नेम्वाङ भन्छन् ‘श्रीमतीको इच्छाले लगाएको हुँ, औंठी र पत्थरबारे मलाई केही थाहा छैन् । सुवास नेम्बाङले दाहिने हातको चोर र बायाँ हातको माइली औलामा औंठी लगाएका छन् ।

मधेशवादी नेता हृदयेश त्रिपाठी पनि औंठीका सौखिन हुन् । श्रीमतीको सिफारिसमा सात औलामा उनले फरकफरक पत्थरजडित औंठी भिरेका छन् । यसबारे उनले ठाँउ ठाँउमा प्रस्टीकरण समेत दिनुपरेको छ ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दायाँ हातको साहिली औलामा वर्षौ देखि औंठी लगाएका छन् । काँग्रेस नेता विजयकुमार गच्छदारले दायाँ हातको माइली औलामा औंठी लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्