सुनचाँदी व्यवसायीले गरे राजदुत शाक्यलाई सम्मान

Rajdut shakya

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र काठमाडौं सुनचाँदी व्यवसायी संघको सयुंक्त आयोजनामा इजरायलका लागि नवनियुक्त नेपाली राजदुत डा.अञ्जान शाक्यलाई सम्मान कार्यक्रम गरिएको छ ।
सुनचाँदी व्यवसाय क्षेत्रको पेशागत हकहितको आवाजलाई उठाउन राजदुत शाक्यले भूमिका खेल्ने विश्वासका साथ सम्मान कार्यक्रमको आयोजना गरीएको हो । सम्मान कार्यक्रममा राजदुत डा.. शाक्यलाई सुनचाँदी ब्यवसायी महासंघ र काठमाडौं संघको तर्फवाट दोसल्ला तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै राजदुत डा.अञ्जान शाक्यले इजरायलको विकास,प्रविधि र सिपलाई भित्राउन आफुले सक्दो पहल गर्ने बताउनुभयो । राजदुत शाक्यले सुनचाँदी पेशाको समस्याकोबारेमा आफू जानकार रहेको बताउँदै कार्यदौरानको समयमा व्यवसायिक क्षेत्रको विकास र सुनचाँदी व्यापारलाई अन्र्तराष्ट्रिय बजारमा प्रचार र प्रवद्र्धन गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सम्मान कार्यक्रममा सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुृनारले सुनचाँदी नीति नियम नहुँदा व्यवसायमा समस्या परेको बताउनुभयो , महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले राजदुत शाक्यले नेपाल र इजरायलवीचको ब्यापार प्रवद्र्धन एवं प्रविधि हस्तान्तरणमा महत्वपूर्ण टेवा पु¥याउने विचार ब्यक्त गर्नुभयो । कार्यक्रममा सभाषद् कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य, महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, विशिष्ट सदस्य तेजरत्न शाक्य, उपाध्यक्ष दियेसरत्न शाक्य, महासचिव धर्मशुन्दर वज्राचार्य, कोषाध्यक्ष एवं काठमाडौं संघ अध्यक्ष महेन्द्रंरत्न शाक्य, सचिव किरणभाई वज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्