सुनचाँदी व्यवसायी मञ्चको नेतृत्व युवाहरुकै काँधमा

Leadership responsibility to youth

काठमाडौ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन ललितपुरको गोदावारीमा सम्पन्न भएको छ ।

अधिवेशनले फेरी दोस्रो कार्यकालको लागि युवा व्यवसायी गणेशप्रसाद लकान्द्रीकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । महासचिवमा पनि फेरी पनि युवा व्यवसायी खेम तिरुवाकै आगमन भएको छ भने पदाधिकारीहरुमा थप क्रियाशिल सशक्त युवाहरुको सहभागिता गराइएको संगठनले जनाएको छ ।
अधिवेशनले विशिष्ट सदस्यमा आनन्दसागर रसाइली, वरिष्ठ उपाध्यक्षमा डम्बर बराइली, उपाध्यक्षमा खेम रिसाल, भरत शंकर, बीर बहादुर विश्वकर्मा, महासचिवमा खेम तिरुवा, सचिवमा नेत्रबहादुर विश्वकर्मा, मोहन विश्वकर्मा, कोषाध्यक्षमा देव सेन्चुरी, सहकोषाध्यक्षमा रमेश लकान्द्रीलाई चयन गरेको छ ।

यसैगरी कार्यसमितिमा राजकुमार गहतराज, लब बराइली, ताराबीर विश्वकर्मा, मनिषा कार्की, सुमन दियाली र महेन्द्र शंकर रहनु भएको छ । यस्तै बोर्ड सदस्यहरुमा हनु शंकर, भक्तबहादुर विश्वकर्मा, बमबहादुर लकान्द्री, मिरा धमला, रामकुमार विश्वकर्मा, भगत रसाइली र ध्रुव लकान्द्री चयन हुनु भएको छ ।
सो अवसरमा महासचिव खेम तिरुवाले आर्थिक बर्ष ०७४÷७५ को वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रम मञ्चका अध्यक्ष गणेश लकान्द्रीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वक्ताहरुले सुनचाँदी क्षेत्रमा देखिएको सुनको अभाव र व्यवसायिक समस्याको दिर्घकालिन समाधानको लागि राज्यले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्