सुनचाँदी महासंघका उपाध्यक्ष रामजी साहलाई पितृ शोक

Heartly Condolance to Ramji Shah

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष एंव प्रदेश नम्बर ६ का संयोजक रामजी साहलाई पितृ शोक परेको छ ।

उपाध्यक्ष साहको पिता परिक्षण साहको ६७ वर्षको उमेरमा फागुन ३ गते निधन भएको हो । रौतहट क्षेत्रमा राजनीतिक तथा समाजसेवाको क्षेत्रमा क्रियासिल उहाँको पिताको निधनले अपूरणीय क्षति पुगेको सामाजिक संजालमा शुभेच्छुकहरुबाट दिइएको श्रद्धाञ्जलीमा व्यक्त गरिएको छ । निधन हुनभएका परिक्षण साहको हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । उहाँको अन्त्येष्टीमा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामु,शिवकुमार सर्राफ,मध्य तराईका विभिन्न जिल्लाका सुनचाँदी व्यवसायी,राजनीतिक तथा सामाजिक क्षेत्रका उच्च व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्