नेकलेसको बजार माग किन बढ्दो छ ?

Necklace

काठमाडौं,फागुन । पछिल्लो समय नेपाली गहना बजारमा नेकलेसको प्रचलन बढ्दै गइरहको छ भने डिजाईनहरुमा पनि निखारता आउन थालेको छ । नेकलेस प्रशिद्धको कारण मध्ये नेकलेस सेट सँगै कानका लागि आउने बालीहरु पनि हो । बालीका कारण नेकलेस सेटमा थप चमकता आउने गर्दछ । नेकलेस विभिन्न प्रकारका हुने गर्दछ ओपेरा,थ्रेड,चोकर आदि । पछिल्लो समय नेपालमा चोकर किसिमको नेकलेसहरुको माग पनि बढ्न थालेको छ ।

गहना पारखीहरुलाई मध्यनजर गर्दै अहिले कतिपय नेकलेसहरु नेपाली मौलिक डिजाईन भरेर पनि बनाइन थालेको छ । खासगरी न्यूरोड देखि काठमाडौंका विभिन्न बजारका गहना पसलमा नेकलेसको डिजाईनमा विविधता पाउन सकिन्छ । खासगरी विवाहको सिजनमा नेकलेसको माग बढदै गइरहेको श्री विनायक सुनचाँदी पसल चावहिलका संचालक पूण्यरत्न बज्राचार्यले बताउनुभयो । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै निकेलेसको डिजाईनहरुमा पनि विविधता सहित आउने गरेको बज्राचार्यको भनाई छ ।

नेकलेस यस्तो गहना हो जस्ले सिक्रीको आवश्यकताको पूर्तिसँगै कानमा लगाउने झुम्काहरु पनि सेटका रुपमा आउने गर्दछ । पछिल्लो समय रामलिला,पिजँडा डिजाईनका झुम्का सेटहरुको प्रचलन बढेको छ । बजारमा रामलिला डिजाईनका नेकलेस र झुम्काहरुको पनि पनि बढेको व्यवसायीहरु बताउछन् । पछिल्लो समय नेकलेसको डिजाईनको विविधता र थोरै परिणामको सुनबाट पनि नेकलेस बन्ने भएपछि ग्राहकहरुको यसमा आर्कषण रहेको पाउन सक्छौं । लगनको समयमा वेहुलीको लागि पनि नेकलेसको खास आर्कषण हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्