सुनचाँदी पसलमा फेरी अनुगमन

RE Investigation

काठमाण्डौं,चैत्र । काठमाण्डौंको सुनचाँदी पसलहरुमा फेरी अनुगमन सुरु भएको छ । काठमाडौंको भेडासिंङ स्थित तीनवटा पसलमा सोमवार अनुगमन भएको छ । वाणिज्य विभाग र गुणस्तर तथा नापतौल विभागको सक्रियतामा अनुगमन भएको हो ।

भेडासिङको तीनवटै पसलबाट अनुगमनकर्ताहरुले टप लगायतको गहनाहरु गुणस्तर मापनको लागि लगिएको जानकारीमा आएको छ । यसैगरी पसलहरुले सुनचाँदीको खरिदविक्री गर्दा ग्राममा विल बनाएको नबनाएको विषयमा पनि चेकजाँच भएको छ । यस अघि काभ्रेमा पनि ग्राममा विल नबनाएको भन्दैं पसलहरुमा अनुगमन भएको थियो ।

सुनचाँदी कारोवार निर्देशिका बनाएर अनुगमन गरिने ४ वर्ष अघि सहमती भएता पनि अझै पनि निर्देशिका नबन्दा व्यवसायमा अन्योलता उत्पन्न भएको छ । राजधानीमा फेरी एकाएक अनुगमन हुन थालेपछि कसरी गहनाको कारोवार गर्ने भन्नेमा व्यवसायहरुमा अन्योलता र त्रास उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्