स्पष्ट कारोवार ऐन नहुँदा सुनचाँदीमा समस्याःप्रवक्ता साह

Press Meeting

रुपन्देही,चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघले नीति नियम र कानुनको अभावमा सुनचाँदी खरिदविक्रीमा अन्योलता उत्पन्न हुँदा व्यवसाय संचालनमा समस्या आएको बताएको छ ।

महासंघको छैठौ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहद्धारा जारी प्रेस वक्तत्वयमा स्पष्ट ऐन कानुनको व्यवस्था गरी सुनचाँदी व्यवसाय मार्फत रोजगारी,लगानी,राजश्व अभिवृद्धि गरी राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान पुराउने वातावरण तयार गर्नुपर्ने उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रवक्ता साहले ओजिएल प्रणालीबाट सुन खुल्लारुपमा आयात नगरिएसम्म बजारमा आपूर्ति समस्या रहनेभएकाले वर्तमान कोटा प्रणाली खारेज गरेर वैकल्पीक व्यवस्था गरिनुपर्ने बताउनुभयो । गहना व्यवसायमा २२ हजार भन्दा बढी आवद्ध रहेको,३ लाखले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाइरहेका छन् भने सुनचाँदी क्षेत्रबाट वार्षिक ८ अर्वको राजश्वको योगदान रहेको सो अवसरमा जानकारी गराइयो । नेपाल सुनचाँदी व्यवसायी महासंघ छैठौं साधारणसभा चैत १८ र १९ गते रुपन्देहीमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्