हुरी पिडितलाई राहतको लागि सुनचाँदी बाराले समन्वय गर्ने

rahat

बारा,चैत । हुरीको कारण ठुलो जनधनको क्षति भएको वाराका हुरीपिडितलाई सुनचाँदी महिला चितवन समुहले राहत सामग्री प्रदान गरेको छ ।

बारा सुनचाँदी व्यवसायी संघको समन्वयमा हुरी पिडितलाई चितवनका सुनचाँदी महिलाहरुले राहत उपलब्ध गराएको नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर–२ का संयोजक शिवकुमार सर्राफले बताउनुभयो । हुरीको कारण जनधनको क्षतिबाट आहात भएका पिडितहरुको लागि सुनचाँदी व्यवसायिक क्षेत्रको तर्फबाट चितवनका महिलाहरुले देखाएको सहानुभूतिले आफुहरु निकै खुशी भएको सर्राफको भनाई छ ।

सुनचाँदी महिला समुह चितवनकी अध्यक्ष रुपा बराईलीको नेतृत्वमा लत्ताकपडा,बाल्टीन,प्याड लगायतका सामाग्रीहरु राहत उपलब्ध गराइएको थियो । यसैवीच बारा सुनचाँदी व्यवसायी संघले हुरीका कारण आहात बनेका पिडितहरुलाई राहत उपलब्ध गराउन चितवनका महिलाहरुले देखाएको सक्रियता प्रति धन्यवाद व्यक्त चितवनका सुनचाँदी महिलाहरुलाई सम्मान समेत गरेको छ । हुरीका कारण प्रदेश नम्बर २ का पिडितहरु समस्यामा परेको वेलामा मानवियताको नाताले चितवनका सुनचाँदी महिलाहरुले राहत उपलब्ध गराएर समाजसेवाको क्षेत्रमा खेलेको भूमिका सवै क्षेत्रका सुनचाँदी व्यवसायीको लागि उदाहरणीय र सिक्नुपर्ने पाठ भएको छ । यसैबीच हुरी पिडितलाई राहत र सहयोग गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का संयोजक शिवकुमार सर्राफले केन्द्र र देशभरका व्यवसायीलाई समेत आग्रह गर्दै पिडितहरुलाई मलहमपट्टी लगाउन आग्रह गर्नुभएको छ । उहाँले देशभरका व्यवसायी तथा संघहरुलाई मानविय धर्मलाई आत्मसात गर्दै हुरी पिडितलाई राहत वितरणको लागि बारा आउन आग्रह गर्नुभयो । राहत वितरणको लागि बारा सुनचाँदी व्यवसायी संघले समन्वय गर्ने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्