उवासंघ सिरहाका अध्यक्ष अग्रवालको नेतृत्व राहत वितरण

rahat bitaran

बारा,वैशाख । सिरहा गोलबजार उद्योग वाणिज्य संघले बाराका हुरी पिडितहरुको लागि राहत वितरण गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय सदस्य समेत रहनुभएका सिरहा गोलबजार उवासंघका अध्यक्ष भरत अग्रवाल लगायतको टोलीले महागढीमाई नगरपालिका वडा नम्बर ७ को तेलगाईका ८६ पिडित परिवारलाई राहत वितरण गरेको हो । पिडितलाई प्रति परिवार ७ वडा भाँडाकुँडा वितरण गरिएको छ । संघले नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष शिवकुमार सर्राफ,वडा नम्बर ७ का अध्यक्ष रामभजन यादव,नेपाली काँग्रेसका गढीमाई नगरपालिकाका सभापति भुलेन्द्रप्रसाद यादवको रोहवरमा राहत वितरण गरेको हो

प्रतिक्रिया दिनुहोस्