अन्र्तराष्ट्रिय जेम एण्ड ज्वेलरी मेला हुँदै

jem & jwellwr pess meet

काठमाडौं,वैशाख । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय,खानी तथा भूगर्भ विभागको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल अन्र्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो हुने भएको छ ।

यहि जेठ ३,४ र ५ गते हुने मेलाले नेपालको रत्न पत्थरका साथै गरगहनाको अन्र्तराष्ट्रिय बजारमा प्रर्वद्धन गर्ने उद्देश्य लिइएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले मंगलबजार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी ७० वटा स्टलको सहभागिता रहनेछ । महासंघका अध्यक्ष महर्जनको अगुवाईमा भएको यो मेलाले नेपालको गहनाबजारलाई थप प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । विगतमा नेपाल सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण संयुक्तरुपमा आयोजक हुने परम्परा रहेता भने यो पाली भने नेपाल सुनचाँदी व्यवसायी महासंघको कुनै भूमिका छैन । सरकारका महत्वपूर्ण अंगहरुलाई समेटेर अध्यक्ष महर्जनले मेलाको आयोजना गरेका छन् । दुई वटा महासंघ विगतमा एक भएर कार्यक्रम गर्ने भएता पनि मोहन विश्वकर्माको नेतृत्वमा भने यो परम्परा तोडिएको छ । अन्र्तराष्ट्रियस्तरको मेला किन संयुक्तरुपमा आयोजना हुन सकेन,व्यवसायिक एकता देखिएन,एउटै महासंघ बनाउने सहमती कहाँ गयो ? यस्ता प्रश्नहरुले दुई महासंघवीचको सम्बन्धमा दरार आएको सहजै अनुमान गर्न सकिन्छ । सुनचाँदी क्षेत्रमा पछिल्लो समय कुनै उल्लेख्य काम हुन नसकिरहेको अवस्थामा राज्यसँग मिलेर गरिएको जेम एण्ड ज्वेलरी एक्स्पोलाई भने सुनचाँदी बजारको प्रवद्र्धनको लागि महत्वपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्