सुनचाँदी तनहुँका इतिहाँस रहेनन् चामबहादुर,चामबहादुरको संघर्ष

दमौली । जीवनको अन्तिम अवस्थासम्म सुनचाँदी पेशालाई अंगाल्दै आउनुभएका तनँहुकै पहिलो सुनचाँदी व्यवसायी चामबहादुर सुनारले जेठ २१ गते धर्तिमा अन्तिम स्वास लिनुभयो ।
तीन वर्ष अघि आभूषण बजार पत्रिका दमौली पुग्दा चामबहादुर सुनार सुनको बालामा बुट्टा कुद्दै हुनुहुन्थो त्यो पनि ८० वर्ष पार गर्नुभएका चामबहादुर विना चस्माको सहायतमा । लाग्थ्यो उहाँको पूर्खौली कामप्रतिको लगाव र जोश देख्दा सय वर्षसम्म केही हुँदैन तर हुने हार दैव नटार भनेजस्तै उहाँसँग गरिएको भलाकुसारी अभैm पनि स्मृतिमा ताजा बनेर बसेको छ । ८४ वर्षको उमेरमा भएको उहाँको निधनप्रति यतिबेला सुनचाँदी पेशाप्रतिको एक सच्चा धरोहर गुमाउँदा अकल्पनीय क्षति भएको छ  ।
तीन वर्ष अघिको समाचार र उहाँले बोलेका संवाद पढौं
सवैको उदाहरणीय पात्र हुनुहुन्छ चामबहादुर वि.क.। बुढ्यौलीउमेर तर फूर्तिफार्ती अझै पनि लक्काजवानकै जस्तो । अल्छी तिघ्रो स्वादे जिब्रोहरुलाई उहाँले अहिले पनि आफ्नो क्षेत्रबाट गतिलो झापड दिनुभएको छ ।
तनहुँ जामुने  गाविस दुभुङ्गमा १९९२ फागुन १६ गते जन्मनुभएका वि.क. उमेरले ८० भइसक्नुभएको छ । ‘ ८ वर्षको उमेर देखिनै गहना बनाउने काम थालेको हुँ जीवननै कालिगढको रुपमा वितिसकेछ’(हाँस्दै) उहाँले भन्नुभयो ।
‘अहिले जन्मने वित्तिकै मानिसहरुले गोरुका जत्राआँखा देखिने खालका चश्मा लगाउुनपर्छ तर म अहिले पनि चश्माविनानै विभिन्न किसिमका गहना बनाइरहेको छु गर्व गर्दै चामबहादुरले भन्नुभयो’ । १३ वर्षको उमेरमा विवाह गर्नु भएका उहाँले आफ्नो विवाहमा श्रीमतीको लागि आफैले बनाएको बताउनुभयो । आफु युवा हुँदा काम गर्ने ज्यावलहरु सिमित हुने गरेको तर त्यसबाट निर्माण गरिएको गहना टिकाउ हुने गरेको सम्झनुहुन्छ ।
‘घरमै चुल्हो लगाएर कोइला बालेर गहना रसाउने काम गरिन्थ्यो,अहिले जस्तो आधुनिक ज्यावलहरु थिएन चामबहादुरले सम्झनुभयो । बग्नल सम्म थिएन बाँसको ढुंग्रोले फुक्नुपर्ने अवस्था थियो । पित्तलको ढुक्कर बनाएर त्यसमा पानी राखेर रसाउनको लागि सहज बनाइन्थ्यो’उहाँले यसरी सम्झनुभयो ।
विगतमा आफुले बनाउने कण्ठ,तिलहरी,माडवारी,चेप्टा सुन,श्रीफुल,चाँदीको कल्ली,ढुंग्री लगायतका गहनाको महत्व बढ्दै आएकाले खुशी लागेको उहाँले बताउनुभयो । ‘पहिला ठुला तौलको बनाइन्थ्यो आज साना सानातौलसम्मको बनाईन्छ फरक त्यति हो’चामबहादुरले भन्नुभयो । उहाँ अहिले पनि सवै किसिमको गहना बनाउनुहुन्छ । दमौलीबजारमा अझै पनि उहाँ सवै गहना व्यवसायीको सम्मानित र उदाहरणीय पात्र हुनुहुन्छ ।
२०१३ सालमा पढ्ने चाहाना बढेर आयो तर संस्कृत पाठशालामा बलेनीमा बसेर पढ्नुपर्ने विभेदले दुई चार महिनाभन्दा बढी पढ्न नसकेको चामबहादुरले तितो विगत सम्झनुभयो । विभेदबाट दुःखी हुनभएका उहाँले इखले छोरा छोरीलाई कालिगढी गरेरनै पढाउनुभएको हो ।
उहाँको जेठा छोरा शिक्षण अस्पताल महाराजगंन्जबाट एम.वि.वि.एस. पास गरेर एमडीको लागि अमेरिका गएका छन् उनको परिवार उतै सेटल छन् । माइलो छोरा प्याथोलोजि डाक्टर हुन हाल अष्ट्रेलिया रहेका छन् ।
पढाईको महत्व बुझेका चामबहादुरले आफ्नै गहना कला र  सिपका साथै प्रेरणा दिएर छोराहरुलाई डाक्टर बनाउन सक्षम भएका हुन् । विगतमा आफ्नो पुर्खौली पेशागर्दा पनि समाजबाट विभेद हुने परिस्थिती थियो तर आज त्यो नभएकोले निर्धक्कसाथ यो पेशागर्नुपर्ने उहाँको सुझाव छ । परिवारका सदस्यहरुले स्वास्थ्य क्षेत्रमा हातहालेकोमा चामबहादुर खुशी त हुनुहन्छ नै तै पनिआफ्नो सुनचाँदी कालिगढीको विडो थाम्ने आफु अन्तिम पुस्ताहुँदा भने बेलाबखत मन पोलेर आउने सुनाउनुहुन्छ ।
तनुहँका सुनचाँदीका इतिहाँस,धरोहर चामबहादुर सुनारको निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दर्छौ । उहाँको सम्मानमा सुनचाँदी व्यवसायिक क्षेत्रमा उहाँको सन्ततीले सम्मान स्वरुप केही गर्नुपर्ने देखिएको छ यसमा तनहुँका सुनचाँदी पेशाकर्मीहरुले पनि सघाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्