भैरहवाका सुनचाँदी व्यवसायीहरुबाट सिडिओ गौतमलाई स्वागत

रुपन्देही जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी अर्जूनप्रसाद गौतमलाई एक कार्यक्रमका वीच स्वागत गरिएको छ ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ भैरहवाको आयोजनामा प्रमुख जिल्ला अधिकारी गौतमलाई माँयाको चिनो प्रदान गर्दै स्वागत तथा सम्मान गरिएको थियो । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणि विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य जोगलाल विश्वकर्मा,रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम.वि. विश्वकर्मा,सिद्धार्थनगर सुनचाँदी महिला व्यवसायी समुहकी अध्यक्ष सलुजा रामदाम लगायतले सुनचाँदी व्यवसायको समस्याका वारेमा अवगत गराउँदै स्वागत मन्तव्य राख्नुभएको थियो ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष सतिषकुमार कौशलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संघका सदस्य धुव्र लाम्गादेको संयोजनमा भएको थियो । संघका सचिव किस्मत रामदामले संचालन गर्नुभएको कार्यक्रममा व्यवसायीहरुले राज्यले आवश्यकता अनुरुपको कच्चा पदार्थ उपलब्ध नगराउदा,नीति नियम विना अनुगन गरी धरपकड गर्दा व्यवसायी समस्यामा परेको बताएका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गौतमले भैरहवा भारतसँग खुल्ला सिमा जोडिएको क्षेत्र भएकाले सुन खरिद विक्री गर्दा आवश्यक सर्तकता अपनाए चोरीको घटनामा कमी आई सुरक्षा बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्