भैरहवामा सेफनै उखालेर सुनचाँदी पसलमा चोरी,व्यवसायी आतंकीत

भैरहवाको बैंकरोड स्थित ए. आर.सुनचाँदी पसलमा गएराती गहना राखिएको सेफ (तिजौरी) नै उठाएर चोरी भएको छ । चार महिना अघि वि.के ज्वेलर्समा भएको चोरीको श्रृंखलापछि फेरी पनि सोही स्थान नजिकै तिजौरीनै उठाएर चोरी भएपछि व्यवसायीहरु आंतकित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट २ सय मिटर नजिक र आर्मी क्याम्पबाट ५० मिटरको दुरीमा रहेको सो ए.आर. ज्वेलर्समा सटर फोरेर तिजौरीनै उठाएर गाडिमा हालेर चोरहरुले लगेपछि सवै अचम्ममा परेका छन् । सो क्रममा १२ देखि १५ लाख बराबरको गहना चोरी भएको बताइएको छ ।
यस अघि वि.के ज्वेलर्समा चोरी हुँदा पनि चोरहरु पत्ता नलागेको भन्दै व्यवसायीहरु प्रहरीप्रति रुष्ट भइरहेको अवस्थामा फेरी सवैलाई चक्मा दिने गरी चोरी भएपछि प्रहरीप्रतिको आशा र विश्वास अझ मरेको भएको व्यवसायीहरुले बताएका छन् ।
व्यवसायीहरुले आज सवै पसल बन्द गरेर व्यानरसहित शान्ति सुरक्षाको माग र चोरीमा संलग्नलाई पत्ता लगाई कारवाही गर्नुपर्ने भन्दै विरोध ¥याली निकालेका छन् । विरोध प्रर्दशनमा भैरहवाका सवै व्यवसायीहरुले साथ दिएका छन् । प्रहरीले चोरीको मुचुल्का उठाएर सत्य तथ्य पत्ता लगाउने बताएको छ भने व्यवसायीको विरोधका कारण भैरहवाको शान्ति सुरक्षा कडा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्