सुनचाँदी बजारमा चरम संकट,यसरी बनाइयो भविष्य अस्तव्यस्त

न्यूरोडको एक पसलमा पूग्दा एक सुन साहुँजी स्टाफहरु सँग गफिदै गरिएको भेटिए,सिजनमा दैनिक २० औं तोलाको कारोवार गर्ने उनलाई कस्तो छ सुनको कारोवार भनेर सोध्यौं उनले भने “पत्रकार महोदय तपाईलाई थाहानै छ नी सुनको भाउ आकासिएको छ, ग्राहक भाउ मात्र सोध्न आउँदछन् उही गफ गर्ने,लुडो खेल्ने, काम भइहाल्यो भने  फूलीमा पेच हाल्दै बस्ने हो ( हाँ हाँ हाँ) हाँस्दै भने” ।
न्यूरोडका उनी व्यवसायीको जस्तै देशभरका व्यवसायीहरुको हालत अहिले यस्तै छ । साउन महिना लागिसक्यो सुनको भाउ २० को १९ हुँदैन । त्यसमाथि पनि सरकारले सुनचाँदी व्यवसायीलाई नीति नियमले कस्न थालेपछि व्यवसायीहरुलाई झनै सकस हुन थालेको छ ।
राजश्व विभागद्धारा यस्तो नीति…….
विद्युत्तिय विजक कार्यविधी अन्र्तगत राजश्व विभागले यहि साउन १ गते देखि लागु हुने गरी वार्षीक ३५ करोड भन्दा वढीको कारोवार गर्ने सुनचाँदी पसललाई अनिवार्यरुपमा कम्प्युटर प्रणाली मार्फत विलविजक राख्न सफ्टवेयर अनिवार्य लागुगर्नुपर्ने नीति ल्याएको छ । अव १ वर्ष पछि भने ५ करोड कारोवार गर्नेले पनि विद्युत्तिय प्रणालीको सफ्टवेयर मार्फत विलविजकको रेकर्ड राख्नुपर्ने हुन्छ । यसैगरी सामाना ओसार पोसार सिस्टममा अव जो कसैले पनि ५ तोला भन्दा बढी सुन लान लैजान परेको खण्डमा प्यान नम्बर उल्लेख गरी सम्बन्धीत लाने मान्छेको नाम खुलाउनुपर्ने हुन्छ यसो नगरिएको खण्डमा सामाना जफत हुनुका साथै कारवाहीको भागीदार बन्नुपर्ने अवस्था उत्पन्न भएको छ । ५० हजार भन्दा माथिको गहना कारोवार गर्दा पनि चेक प्रणालीबाट गर्नुपर्ने राजश्व विभागले सुझाइरहेको छ तर व्यवसायीहरुले भने सुनमा चेक प्रणालीबाट कारोवार गर्दा समस्या आउने बताइरहेका छन् । यद्यपी राजश्व विभागले पनि चेकमै कारोवार गर्न भनिरहेको छ । राजश्व विभागले सुनचाँदी पसलमा अबैध धन,हुण्डी कारोवार मार्फत भित्रीएको धन संचीति हुने भन्दै कडाईका साथ यो नियम ल्याएको बताएको छ । राजश्व विभागले उल्लेखीत नीतिहरु ल्याएपछि यसलाई कसरी अभ्यास गर्ने भन्नेमा व्यवसायीहरुमा दुविधा उत्पन्न भएको छ भने व्यवसायीलाई कुनै आरोपमा फसाउने त होइन भन्ने आंशाकाहरु उत्पन्न भएको छ । सुनचाँदी पसलमा १० लाख भन्दा बढी राखिएको खण्डमा या त्यसको स्रोत बुझ्न विभागले जुनसुकै बेला पनि अनुगमन गर्न सक्नेछ । यसैगरी यहि साउन १ गते देखि सुनचाँदी पसलका प्रत्येक कालिगढ तथा कर्मचारीहरुको इप्यान दर्ता अनिवार्य गर्नुपर्ने भएको छ  । कालिगढ तथा अव कर्मचारीको तलव देखाउनुपर्ने भएको छ भने कर पनि तिनुपर्ने भएको छ ।
बैंकमा थुप्रियो ६ क्विन्टल सुन……….

सुनको भाउ आकासिए सँगै कारोवार ठप्प भएपछि सरकारले दैनिक दिदै आइरहेको २० केजी सुन बजारमा उठ्न कठिन भएको छ । अहिले ६ सय किलो सुन वैंकबाट उठ्न नसकेको जानकारीमा आएको छ । बजारमा अहिले वैंक भाउ भन्दा तोलामा २ हजार कम सम्म सुन बेच्नेहरु भेटिएका छन् । सिजनको समयमा भाउ आकासिए पनि कारोवारमा निकै मन्दी आएको छ यस कारण पनि कालिगढहरु अहिले फूर्सदिला भएका छन् । यसरी सुनमा राज्यले लगाम कस्दै आएपछि गहना बनाउने कालिगढहरुको वेरोजगार बन्नुपर्ने अवस्था सिर्जना भएको छ । राज्यले सुनलाई अनुत्पादक र स्रोत नखुलेको धन लगानी हुन सक्ने क्षेत्र भन्दै टेडो नजरले हेर्दै लगाम कस्दै आएको छ यसले गर्दा सिप प्रस्तुत गरेर रोजीरोटी गर्नेहरुको भविष्यमा अहिले चपेटामा पर्न थालेको छ ।
किन महासंघ नेतृत्व मौन ? …………

नेपालको सुनचाँदी बजार धारासायी हुने अवस्था आउदा पनि सुनचाँदी व्यवसायिक क्षेत्रमा क्रियासिल महासंघहरु मौन रहेको अवस्था छ । साना व्यवसायीहरुको सिप र पेशा जोगाउन महासंघका नेतृत्व कहिले पनि संवेदनशिल हुनै सकेनन् । सुनचाँदी पेशालाई जोगाउन दिर्घकालिन कार्ययोजना बनाएर यो क्षेत्र पनि कला र सिपबाट रोजगारी सिर्जना गर्ने क्षेत्र भनेर कहिले पनि राज्यलाई बुझाएनन् पनि र बुझाउन पनि चाहेनन् बरु नेतृत्वमा गएपछि कसरी हुन्छ सुनको अभावको मौका छोपी कमाउ धन्दामै लागेर आफ्नो दुनो सोझाउन लागि परेको देखियो । देशभरका व्यवसायीवीच यो पेशालाई संरक्षण गर्नुपर्छ भन्ने कहिले पनि एकता देखिएन बरु तिमी फलानो जातिको सुनचाँदीको काम गर्ने हामी फलानो जातिको सुनचाँदीको काम गर्ने भनेर एक आपसमा हिलो छ्यापछ्याप गरेर व्यवसायीहरुलाई मनोवैज्ञानिकरुपमै फुटाउने कार्यको सुरुवात भयो ।
सुनबजार अस्तव्यस्त हुँदा यस्तो संकट……….

–सुनचाँदी मूल्य आकासिनु,वैंकमा सुन होल्ड हुनुले कारोवार नहुँदा व्यवसाय चरम संकटमा
–कालिगढहरुमा समेत करको मारमा र काम नहुँदा वेरोजगारीले पेशाबाटै पलायन हुनुपर्ने अवस्था ।
–सुनचाँदीका ठुलो प्रोजेक्टहरु धारासायीको मारमा । विभिन्न जिल्लामा केही गु्रपहरुले व्यवसायीहरुबाट सेयर संकलन गरेर सुनचाँदीका ठुला कारखाना खोलेर गहना विक्री गर्ने आयोजना अगाडि बढाउने भने पनि अहिले सुनचाँदी बजारमा उत्पन्न चरम संकटका कारण सेयर हाल्न सवै डराएको अवस्था छ यो अवस्थामा सेयर हाल्दा डुब्नेमा व्यवसायीहरु चनाखो भएका छन् ।

–व्यवसायीहरुमा उत्पन्न जातिय धुव्रिकरणले मनोवैज्ञानिकरुपमा सम्बन्ध टाडिएको छ । विगतमा हाम्रो एउटै धर्म व्यवसायी भनेर एक अर्कोको जिल्लाको सुनचाँदी बजारको अवलोकन र कार्यक्रममा निर्धक्क हिड्ने व्यवासायीहरु अहिले एक आपसमा हिलो छ्यापछ्यापले गर्दा कहि कतै केही हुन्छ की भन्ने डर पैदा भएको छ यसले इतिहाँसमै सुनचाँदी व्यवसायीको एकता सवैभन्दा कम्जोर भएको छ ।

प्रतिक्रिया दिनुहोस्