संगठनलाई सिस्टम हिडाउन रुपन्देही सुनचाँदीको महत्वपूर्ण निर्णय

रुपन्देही सुनचाँदी व्यवसायी संघले संस्थालाई नीतिगत र प्रणालीमा हिडाउन १३ बुद्धे महत्वपूर्ण निर्णय गरेको छ ।

लामो समयपछिको छलफल र बहसपछि जिल्ला शाखा र नगर संघहरुले उठाउदै आइरहेको आवाजलाई नीतिगतरुपमा निर्णय गरिएको बताइएको छ । बुटवल सुनचाँदी व्यवसायी संघ सहित ८ वटा शाखाहरुले संस्थामा व्यक्तिवादी प्रवृत्ति भन्दा पनि विधानत चल्नुपर्ने भन्दैं चर्कोरुपमा आवाज उठाउँदै आइरहेका थिए । संघले गरेको १३ बुद्धे निर्णयले अव जिल्ला संघ र शाखाहरुले स्वायत्त अधिकार हासिल गरेका छन्  । विगतमा साधारणसभाको लागि प्रतिनिधिहरु छनोट शक्ति सामाथ्र्य हुनेले प्रभाव देखाउदै  गर्दै आइरहेता पनि अव उक्त निर्णयका कारण मनोमानी बन्द भएको छ  ।

संघले प्रत्यक्ष भूगोलबाट प्रनिनिधि छनोट गर्नुपर्ने, नगर सदस्य संख्याको आधारमा वार्षीक साधारणसभामा प्रतिनिधि पठाउन पाउने,जिल्ला संघबाट २५ प्रतिशत र अरु नगर संघहरुबाट ७५ प्रतिशत प्रतिनिधि तोक्ने निर्णय भएको छ । सुन सिफारिसमा पनि केन्द्रलाई ३ हजार,जिल्लालाई ३ हजार र नगरलाई ४ हजार बाडफाड गर्ने निर्णय गरिएको छ ।

स्वायत्त अधिकारहरु प्राप्त गरेपछि नगर संघ र शाखाहरुको प्रभाव बढेको छ । सम्पूर्ण व्यवसायीहरुको हकहितको लागि हाल गरिएको १३ बुद्धे निर्णय सकारात्मक र महत्वपूर्ण भएको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम.वी. विश्वकर्माले बताउनुभयो । उक्त निर्णयबाट अव  संघलाई चुस्त दुरुस्त बनाउन फलदायी हुने विश्वकर्माको भनाई छ ।

बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिपक विश्वकर्माले निरन्तरको संघर्ष र मेहनेतपछि रुपन्देही सुनचाँदी व्यवसायी संघ भित्र प्रतिनिधि छनौटमा गरिने आसेपासे  र टिके प्रथाको अन्त्य भएको बताउनुभयो । १३ बुद्धे निर्णयले संघलाई सिस्टम ल्याइएकाले अव सुनचाँदीको विकास र विस्तारमा सवैको प्रतिनिधित्व र अपनत्व महशुस हुने बताउनुभयो ।

रुपन्देही सुनचाँदी व्यवसायी संघले गरेको यस निर्णयलाई उदाहरणीय र प्रसंसनीय रुपमा लिनुपर्ने देखिएको छ । कतिपय जिल्लाहरुमा महासंघ भित्रका जिम्मेवार व्यक्तिहरुको मनोमानी प्रणालीका कारण नगर संघहरुले स्वायत्त अधिकार प्राप्त गर्न सकेका छैनन् । आफुलाई मन लागेकालाई टिका लगाएर गाडिमा हालेर केन्द्रको महाधिवेशनमा लैजाने परीपाटीले अझै पनि कतिपय जिल्लाहरुमा यस संस्कारले जरा गाडेको छ । चितवनमा पछिल्लो  समयमा जिल्ला र अन्य शाखाहरु वीच भइरहेको तनावलाई पनि स्वायत्त अधिकार नदिदाको परिणामको रुपमा बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्