सुनचाँदी महासंघका सवै एक नभई जातिगत कम्पनी गरे धारासायी : ज्ञवाली

काठमाडौं,साउन । नेपाल राष्ट्र वैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् भाष्करमणि ज्ञवालीले अहिलेको अवस्थामा सुनमा संवेदनशिल भएर लगानी गर्नुपर्ने बेला आएको बताउनुभएको छ । आभूषण बजार पत्रिकासँगको अन्र्तवार्ताको क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ भित्रकै केही भिन्दै जातिगत समुदायले सामुहिक कम्पनी खडा गरेर काम गर्न लागेको आफुले पहिलोपटक सुनेको भन्दैं यदि हो भने यहि परिस्थितीमा महासंघ भित्रका सवै समुदायका व्यवसायीहरु एक नभई जातिगतरुपमा छुट्टीएर काम गर्ने हो भने कम्पनी धरासायी हुने बताउनुभयो ।  राष्ट्र वैंकमा विदेशी विनिमयको क्षेत्रमा समेत काम गरिसक्नुभएका अर्थविद् ज्ञवालीले  सामुहिक लगानीमा निकै सिस्टममा चलेका भनिएका कतिपय कहलिएका वैंक तथा कम्पनीहरुमा समेत संचालकहरुमा मनोमानी बढ्ने, मनमुटाव भै द्धन्द निम्तने घटनाहरु आफुले विगतमा देखेको भन्दैं एउटै सुनचाँदी महासंघभित्रका व्यवसायीहरु एक ढिक्का नभई छुट्टै जाति र समुदायको नाममा सामुहिक कम्पनी संचालन गर्दा धारासायी हुने तर्फ उहाँले सवैलाई सचेत गराउनुभयो ।

सुनचाँदी व्यवसायीले आफु जातिगत रुपमा विश्वकर्मा, शाक्य,बज्रचार्य भनेर छुट्टाछुट्टैरुपमा नारा लगाएर लगानी गर्ने होइनकी व्यवसायीहरुको छाता संगठन महासंघलाई बलियो बनाएर यो जात उ जातको व्यवसायी नभनी हामी सुनचाँदी  व्यवसायी भनेर सामुहिकरुपमा अघि बढ्न सुझाव दिनुभयो । व्यवसायीहरुवीचमा एकता नहुँदा राष्ट्र वैंकलाई निर्णय गर्न कठिनाई हुने गरेको विगतको स्मरण आफुलाई भएको भन्दै व्यवसायीहरु एक भएको खण्डमा बैंकबाट होइन महासंघ स्वयमले आवश्यक सुन आयात गर्न सक्ने उहाँको धारणा छ । सुनको रेकर्ड राख्न सजिलो होस भनेर मात्र बैंकलाई सुन आयात गर्ने अधिकार राष्ट्र वैंकले दिएको भन्दैं यहि भोली महासंघलेनै राम्रो सँग रेकर्ड राखेर आवश्यक सुन आयात गर्ने हो भने आफुलाई चाहे जति सुन व्यवसायी आफैले झिकाउन सक्ने उहाँको धारणा छ तर यसको लागि सवै व्यवसायीहरु एक हुनको विकल्प नभएको उहाँको भनाई छ ।  नेपालमा अझै पनि अन्र्तराष्ट्रिय गुणस्तर कायम हुने गरी अत्याधुनिक मेशिन प्रविधिबाट गहना तयार हुने वातावरण नभएकाले गुणस्तर कायमको लागि पनि व्यवसायी एक हुनुपर्ने उहाँको सुझाव छ  । ( अन्तरवार्ताको  पूर्णपाठ पत्रिकामा प्रकाशन गरिनेछ )

स्मरण रहोस् नेपाल सुनचाँदी व्यवसायी महासंघ लगायतका संगठन भित्रैकै केही जिम्मेवार नेतृत्वले गराएको पछिल्लो जातिय धुव्रीकरणले पहिला हामी सुनचाँदी व्यवसायी भन्दा पनि हामी फलानो जातको व्यवसायी भन्ने भावाना पैदा भएको छ । विगतमा महासंघ भित्रकै व्यवसायी एक आपसमा सद्भाव,भाईचारा साटासाट गरेर व्यवसायिक हितमा एक जुट भएर लड्ने स्थिती रहेको थियो भने अहिले महासंघ भित्रका व्यवसायीहरुमा एकले अर्कोलाई टेडो नजर र शंकाले हेर्ने स्थितीको जातिगत धुव्रिकरण उत्पन्न भएको छ । महासंघ भित्र आपसी एकता, विश्वास र मायाँ एक आपसमा घटेर जादा महासंघले व्यवसायिक हितमा समेत काम अघि बढाउन सक्ने वातावरण तय हुन सकेको छैन । महासंघको अध्यक्षले महासंघलाई बलियो बनाएर सवैलाई समेटेर व्यवसायिक हितको लागि योजना अघि बढाउनुपर्छ भन्नुको साटो आफ्नो मर्यादालाई भुलेर चर्को जातिगत नारामा ताली पड्काएको देख्न सकिन्छ यसले सवै व्यवसायीलाई एक बनाउने भन्दा पनि अझ फुटाउनमा मलजल गर्न जाने देखिन्छ ।

सुनचाँदी जस्तो संवेदनशिल पेशामा पूर्वाधार विना आफुले कुन आधारमा लगानी गर्ने,यसमा सवै वर्ग जातिको साथ सहयोग छ कि छैन ? अर्थविद् तथा विज्ञहरुको सल्लाह लिनुभन्दा पनि राजनीतिक पार्टीका व्यक्तिहरुले नारा दिएर जोसाएको हो की होइन भनेर मूल्यांकन गर्न नसक्ने ? सुन जस्तो क्षेत्रमा छुट्टै समुदाय विशेषको रुपमा खडा गरिएको कम्पनी चल्छ कि चल्दैन यि सवै कुराको अध्ययन नगरी जातिगत नारामा अन्धोभक्त भएर पोखरीमा हाम फाल्दाको परिणामलाई नजर अन्दाज नगरी काम गर्दा सुनचाँदी बजारको भविष्य के हुन्छ ? अन्धोभक्त होइन व्यापारीको आँखाबाट चिम्लीएर अन्तरआत्माबाट सोच्नुपर्ने बेला भएको छ । नत्र सुनचाँदी बजार अझ अस्तव्यस्त र संकटमा जाने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्