सुनचाँदीको कारावोर विगतको चाडबाड भन्दा कम ःव्यवसायी

यसपालीको दशै तिहारमा सुनचाँदीको उल्लेख्य कारोवार हुन नसकेको व्यवसायीहरुले बताएका छन् ।

तिहारमा चाँदीको सामानको विशेष माग हुने गर्दछ । खासगरी धनतेरसको समयमा चाँदीको सामानको बढी खपत हुने गर्दछ । तर यसपालीको तिहारमा विगतको भन्दा व्यापारमा उल्लेख्य कारोवार हुन नसकेको व्यवसायीहरुले बताएका छन् । चाडबाड समयका हिसावले पनि चाडो भएर हुन सक्छ अर्को कुरा सुनचाँदीको भाउ आकासिएको कारणले ग्राहकमा त्यो मनोवृत्ति विकास भएर पनि हुन सक्छ तुलनात्मकरुपमा विगतको वर्ष भन्दा पसलमा ग्राहकको कम चहल पहल भएको व्यवसायीहरुको भनाई छ ।

रिद्धिसिद्धि ज्वेलर्स विशालबजारका संचालक नरेन्द्र गुप्ताले विगतको वर्षको दशैतिहार भन्दा यसपालि व्यापार आधाले घटेको बताउनुभयो । यसैगरी विगत वर्षहरुको तुलनामा यसपाली चाँदीको सामानको कारोवार उल्लेख्य हुन नसकेको सिल्भर प्यालेस न्यूरोडका संचालक बासुदेव भेटवालले बताउनुभयो । हरेक ठाउँमा बढेको महंगीको प्रभावले हुन सक्छ कारोवारमा मन्दि आएको भेटवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्