के कारणले बढ्यो सुनको भन्सार मूल्य

कार्तिक । सरकारले सुनको भन्सार शुल्क बढाएको छ । सरकारले सुनमा प्रति तोला १५ सय र चाँदीमा प्रतिकिलो १९ सय रुपैयाले वृद्धि गरेको छ । भारतीय सरकारले सुनको मूल्य बढाएसँगै महासंघको सुझाव अनुसारनै मूल्य समायोजनको लागि सुनचाँदीको भन्सार मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका कोषाध्यक्ष महेन्द्ररत्न शाक्यले जानकारी दिनुभयो । भारतीय सरकारले सुनको मुल्य बढाएपछि त्यसलाई समायोजन गर्न भन्सार शुल्क बढाएको बताइएको छ ।

यता केही व्यवसायीहरुले भने सुनको मूल्य स्थिर रहेको अवस्थामा फेरी मूल्य बढ्दा कारोवारमा मन्दी आउने भन्दैं चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्