सुनको भन्सारदर बढ्नुमा के भन्यो सरकारले ?

कार्तिक । सरकारले सुनको भन्सार शुल्क बढाएको छ । सरकारले सुनमा प्रति तोला १५ सय र चाँदीमा प्रतिकिलो १९ सय रुपैयाले वृद्धि गरेको छ । भारतीय सरकारले सुनको मूल्य बढाएसँगै महासंघको सुझाव अनुसारनै मूल्य समायोजनको लागि सुनचाँदीको भन्सार मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका कोषाध्यक्ष महेन्द्ररत्न शाक्यले जानकारी दिनुभयो । भारतीय सरकारले सुनको मुल्य बढाएपछि त्यसलाई समायोजन गर्न भन्सार शुल्क बढाएको बताइएको छ ।

पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संशोधन गरी यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदको वैठकले अर्थमन्त्रालयको प्रस्तावलाई संबोधन गर्दै सुनमा नया भन्सार महशुल दर निर्धारण गरेको हो । आर्थिक ऐन संशोधनपछि सुनको भन्सार महशुलमा करिब २१ प्रतिशतले वृद्धि भएको छ । सरकारले निर्धारण गरेको नयाँ भन्सारदर अनुसार विभिन्न मूलुकबाट त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट ५० ग्रामसम्म सुन लिएर आउने हवाई यात्रुले प्रति दशग्राम ६ हजार २ सय रुपैया मात्रै भन्सार पर्दथ्यो । सरकारको यस्तो नयाँ निर्णयको कारण अहिले भन्सार वृद्धिको असर स्वदेशी सुनको भाउमा देखिएको छ । जसका कारण अन्र्तराष्ट्रिय बजारमा सुनको भाउ घट्दा पनि यहाँ बजार मूल्य बढेको छ । सरकारले भन्सार महशुल दर बढाएका कारण अहिले प्रतितोला छापावाल सुनको मूल्य १५ सय रुपैयाले बढेको छ । हाल अन्र्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंष ३ डलरले घटेर १४५९ डलरमा कायम भएको छ । सरकारले भारतमा भन्दा सस्तो भएको भन्दै सुनमा प्रति दश ग्राम १५ सय रुपैया भन्सार दर बढाएको थियो ।

भन्सारदर बढेपछि सुनको भाउ थप बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले सो जानकारी गराएका हुन् । पछिल्लो समय स्थानीय बजारबाट भारततर्फ सुन जान थालेपछि महासंघलेनै मौखिकरुपमा सुनको भन्सार दर बढाउन सरकारलाई अनुरोध गरेको उहाँले जानकारी गराउनुभयो । अर्थमन्त्रालयका राजश्व सचिव शशिरकुमार ढुंगानाले भारतमा भन्दा यहाँ सुनचाँदीको मूल्य सस्तो नहोस् भनेर भन्सार बढाएको बताउनुभयो । उहाँले भारत भन्दा नेपालमा सस्तो हुँदा नेपालबाट सुनचाँदी त्यहाँ जाने सम्भावाना रहेकाले सरकारले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । अहिले बजारमा सुनको भाउ अकासिएपछि भारत भन्दा नेपालमा सुन सस्तो पर्न थालेको थियो । हाल भारतमा मूल्यको आधारमा १० प्रतिशत भन्सार लाग्छ । नेपालमा भने तौलको आधारमा भन्सार मूल्यांकन हुन्छ । व्यवसायीहरुले भने सुनको मूल्य स्थिर रहेको अवस्थामा फेरी मूल्य बढ्दा कारोवारमा मन्दी आउने भन्दैं चिन्ता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्