शिल्प व्यवसायी संघको कर तालिमबाट सुनचाँदीमा के फाइदा ?

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले यहि कार्तिक ३० गते शनिवार सुनचाँदी व्यवसायीहरुको लागि कर सम्बन्धी विशेष तालिमको आयोजना गरेको छ ।

समय सापेक्ष सुनचाँदी व्यवसायलाई बैज्ञानिकिकरण र आधुनिकरण गर्दै लैजानुपर्छ भन्ने उद्देश्य अनुृरुप संघले विभिन्न चरणमा व्यवसायिक सचेतता कार्यक्रम गर्दै आइरहेको परिपेक्ष्यमा व्यवसायीहरुलाई कर सम्बन्धी तालिम दिन लागेको जानकारी दिइएको छ ।

सरकारले २०७६÷७७ को आर्थिक वर्षमा कर नियमावली परिवर्तन गरेकाले यस विषयमा धेरै व्यवसायीहरु अन्योलमा रहेकाले तालिमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । कानुनी ज्ञानको अभावमा चोरीको केशमा विगतमा व्यवसायीहरु निकै फस्ने अवस्था रहेको थियो अहिले नयाँ –नयाँ कर कानुनको कारण व्यवसायीहरुलाई अन्योलमा पार्ने समस्या उत्पन्न भएको छ, तसर्थ कर सम्बन्धी ज्ञानको अभावमा कारोवारमा समस्या नहोस् भन्ने उद्देश्यले व्यवसायीलाई सजिलो बनाउन कर सम्बन्धी तालिमको आयोजना गरिएको नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष टंकबहादुर बराईलीले बताउनुभयो ।

व्यवसायीहरुलाई सि.ए. कर विज्ञ शेषमणी दाहालले तालिम दिनुहुनेछ । तालिम पश्चात तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिनेछ । कर विज्ञ शेषमणी दाहाल विभिन्न वैंकमा कर सम्बन्धी तालिम दिने व्यक्तित्व हुनुहुन्छ भने उहाँले कानुनमा एलएलवी समेत गर्नुभएको छ ।

तालिममा व्यवसायीले लिने फाइदाहरु यस प्रकार छन्

१) विगतमा जस्तो डबल अडिट पनि नचल्ने भएको परिवर्तित कर नियामावलीको विषय सम्पूर्ण जानकारी दिइने ।

२) व्यवसायीले विल विजक,आय व्यवलाई कसरी व्यवस्थित तरिकाबाट फाइलिङ गर्ने बारे सिप सिकाउने ।

३) सुनचाँदी व्यवसायलाई परम्परागत भन्दा पनि कसरी नयाँ प्रविधि र नयाँ एकाउन्ट प्रणालीमा ढाल्न सकिन्छ यस विषयमा अनुभव साट्ने र व्यवसायीलाई मोटिभेसन गराउने ।

४) चोरी समस्याबाट नफस्न नेपालको नयाँ देवानी र फौजदारी कानुनी व्यवस्थाबाट जानकारी गराउने ।

५) सुनचाँदी व्यवसायमा देखिएका समस्यासँग जुध्न कसरी अगाडि बढ्न सकिन्छ भन्नेमा साझा धारणा गराउने ।

तालिममा सहभागी हुन संघका सदस्य तथा अन्य व्यवसायीहरुले निम्न नम्बरमा सम्र्पक गरी नाम टिपाउनुहोला ।

९८४०५१०४२२, ९८४१७९६५६४, ९८४९३२२८४४

 

प्रतिक्रिया दिनुहोस्