शिल्प व्यवसायी संघको ऐतिहाँसिक कर कार्यक्रम,रामविरले के भने ?

कार्तिक । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको आयोजनामा शनिवार कर सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ ।

स्थापानाकाल देखिनै सुनचाँदी व्यवसायीको हकहितमा काम गर्दै आइरहेको यस संघले कर सम्वन्धी प्रशिक्षण दिएर व्यवसायीहरुलाई कारोवार कसरी गर्ने भन्ने विषयमा ज्ञान प्रदान गरेको छ । सामाखुशीमा आयोजना गरिएको कर तालिममा कर विज्ञ तथा सि.ए.शेषमणि दाहालले ३ सय भन्दा बढी व्यवसायीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी सांसद रामवीर मानन्धरले यस संघले विशुद्ध व्यवसायीको हितमा काम गरेको देख्दा आफुलाई निकै खुशी लागेको बताउनुभयो । सुनचाँदी व्यवसायीलाई समय सापेक्ष कारोवारमा सक्षम बनाउन कर तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सदस्य समेत रहनुभएका सांसद मानन्धरले सुनचाँदीको हकहितको लागि आफुले कानुन बनाएर कार्यान्वयन गर्न संसदमा भूमिका खेलेको बताउनुभयो ।

सोही अवसरमा बोल्नुहुँदै नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष टंकबहादुर बराईलीले संघको दायित्व बमोजिम व्यवसायीहरुलाई सबलीकरण गर्नको लागि कर सम्बन्धी प्रशिक्षणको कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अध्यक्ष बराईलीले नेपाली गहनाहरुको निर्यात गर्दा भन्सार दर राज्यले उचित गर्न सकेको खण्डमा सुनचाँदी बजारको भविष्य राम्रो हुने बताउनुभयो । साथै उहाँले राजश्व विभागले जारी गरेको केही नीति व्यवसायीमैत्री नभएको र जुन नीतिले व्यवसायीलाई आंतककारीरुपमा कारवाही गर्ने जस्ता विषय आउनु विडम्बना भएकाले अविलम्ब सच्चाउनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा नेपाल सुनचाँदी कला व्यवसायी संघका पूर्व अध्यक्ष रुद्र बराईली,संघका संस्थापक अध्यक्ष नविनरत्न शाक्यल,कानुनी सल्लाहाकार भोजमान लाम्गादे,सल्लाहाकार इच्छाहर्ष बज्राचार्य लगायतले बोल्नुभएको थियो । संघका कोषाध्यक्ष किरणदेव सिलवालको संयोजनमा भएको कार्यक्रम संघका महासचिव अमर लामिछानेले संचालन गर्नुभएको थियो । तीनसय जना भन्दा बढी व्यवसायीलाई राखेर कर सम्बन्धी तालिम प्रदान गरेको संघको यस कार्यक्रमलाई व्यवसायीकरुपमा निकै राम्रो र ऐतिहाँसिकरुपमा हेरिएको छ । व्यवसायिक दायित्व भुलेर सुनचाँदीका केही नेतृत्व कोही जातिगतरुप,कोही सुनको व्यक्तिगत स्वार्थमा लागिरहेकाहरुको लागि नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले गरेको यो व्यवसायी हितको कार्यक्रम सवैको लागि नमुना र पाठ सिक्नयोग्य उदाहरणीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्