सुनचाँदी बुटवलबाट अक्षयकोषको स्थापना,नमुना कामको थालनी

मंसीर । बुटवल सुनचाँदी व्यवसायी संघले ३ लाख रुपैयाको अक्षयकोषको स्थापना गरेको छ । सुनचाँदी व्यवसायिक क्षेत्रमा बुटवल सुनचाँदीले पहिलोपटक नमुना कामको थालनी गरेको हो । बुटवलमा आयोजित एक कार्यक्रमका वीच अक्षयकोषको स्थापनाको घोषणा गरिएको हो । उक्त रकमको व्याजबाट सुनचाँदी पेशामा लागेका कालिगढका छोरा छोरी,दलित तथा जेहेन्दार विद्यार्थीलाई रु २५ हजार बराबरको छात्रवृत्ति समेत दिने गरी कार्ययोजना बनाइएको बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिपक विश्वकर्माले आभूषण बजार पत्रिकालाई बताउनुभयो । आगामी दिनमा उक्त अक्षयकोषलाई बढाउदै लजाने समेत विश्वकर्माले बताउनुभयो । बुटवल सुनचाँदी व्यवसायी संघले समाजसेवाको क्षेत्रमा सुरु गरेको नमुना र उदाहरीणय कार्यलाई सवैले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्