सुनको कोटा नबढेसम्म एशोसिएट सदस्य नथप्न शाक्यको सुझाव

पुस । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य तेजरत्न शाक्यले विश्वकर्मा संजालको कम्पनीलाई सिधा राष्ट्र वैंकसँगै सुन मागेर काम गर्न सुझाव दिनुभएको छ ।

संजालको अन्र्तराष्ट्रियस्तरको भनिएको कम्पनीले महासंघसँग भएको सिमित कोटाको सुनको लागि एशोसिएयट सदस्यको लागि दरखास्त दिएर सुनको आस गर्नु त्यति सुहाउने कुरा नभएको शाक्यले बताउनुभयो । दैनिक राज्यबाट २० केजी सुन आउने त्यो पनि दुईवटा महासंघलाई समेत अपुग भएको अवस्थामा संजालको कम्पनीले सुन माग्दा बजारमा  आफ्ना सदस्यहरुलाई सुन वितरण गर्न अपुग हुने भएकाले राष्ट्र वैंकबाट आफै सुन ल्याएर काम गर्न अनुरोध गर्नुभयो । अहिलेको सिमित कोटामा संजालको अन्र्तराष्ट्रिस्तरको भनिएको कम्पनीलाई एशोसिएट सदस्यता दिएर सुन दिन सक्ने स्थिती बैज्ञानिक नभएकाले कि कोटा बढाउन कित राज्यबाटनै डाइरेट सुन ल्याएर काम गर्न उहाँको जोड छ । पूर्व अध्यक्ष शाक्यले यथास्थितीमा एशोसियट सदस्य नथप्दानै उत्तम हुने सुझाव व्यक्त गर्नुभएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले भने एशोसिएट सदस्य आफ्नो महासंघमा प्रावधाननै नभएकाले एशोसिएट सदस्यको रुपमा दर्ता नहुने यस अघिनै बताइसक्नुभएको छ ।अन्र्तराष्ट्रियस्तरको भनिएको कम्पनीले महासंघसँगनै सुनको आस गरेपछि संजालको कम्पनीको भावि पूर्वाधारको तयारीलाई लिएर शेयर सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्