सिजनमा सुनचाँदीको कस्तो कारोवार ? सुनचाँदी जनमत

आभूषण बजार पत्रिकाको फेसबुक पेजमा हामीले लगनको समयमा सुनचाँदीको कारोवार कस्तो छ भनेर प्रश्न गरेका थियौं ? जवाफमा सिराहा लहानका वरिष्ठ सुनचाँदी व्यवसायी विकास सारडा नोथिङ भनेर लेख्नुहुन्छ । यसैगरी आगमन विश्वले ०.५ प्रतिशत भन्नुहुन्छ भने राजिभ नामक फेसबुक पेजमा दुई चार दिनमा बोहनी भैहाल्छनी भन्नुहुन्छ । उदयपुरका प्रतिष्ठीत सुनचाँदी व्यवसायी सतिश सोनी सुनचाँदीको रेट घटाउनुहोस भन्ने सुझाव दिनुहुन्छ यसैगरी अनस लामिछाने सुनारले ० भन्नुहुन्छ । सर्लाहीका प्रतिष्ठित सुनचाँदी व्यवसायी कमलेश साहले लेनदेन भएपो कारोवार सुनचाँदीको हिसाव निकाल्ने फरमुला पनि विर्सन थालेको छु भनेर बजारमा भइरहेको कारोवारको अवस्थालाई व्यङग गर्नुहुन्छ । कमलेश साहकै कमेन्टमा ललितपुरका युवा व्यवसायी सुविन बज्रचार्यले मनको कुरा गर्नुभयो भनेर रिप्लाई गर्नुहुन्छ । रमेश सुनारले यो सालको मंसीर थाहा पाएन भन्नुहुन्छ भने विपिन साहले नोथिङ भन्ने कमेन्ट गर्नुभयो र बारा कलैयाका व्यवसायीले भने नेपाल र भारतवीच सुनको भाउ समान हुनुपर्छ भन्ने मत राख्नुहुन्छ । अन्तिममा नवलपुर महिला समुहबाट ० प्रतिशत भन्ने कमेन्ट प्राप्त भएको छ । हामीले आभूषण बजार पत्रिको फेसबुक पेजमा उल्लेखीत प्रश्नमा आफ्नो जनमत राख्दै गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्