चक्रपथमा फोहर टिप्दै समाजसेवा सुनचाँदी व्यवसायी पूण्यरत्न

पूण्यरत्न बज्रचार्य सुनचाँदी पेशाको क्षेत्रमा चिरपरिचित नाम हो । माता कान्छीमायाँ बज्रचार्य र पिता मनरत्न बज्रचार्यको कोखबाट उहाँको जन्म वि.स.२०२४ सालमा काठमाडौं चावहिलमा भएको हो ।

सुनचाँदीलाईनै पूर्खौली पेशाको रुपमा गर्दै आइरहनुभएका पूण्यरत्नले बाजेको सिकाएको पेशाको कर्मलाईनै निरन्तरता दिनुभएको हो । चावहिल गणेशस्थान नजिकैको चन्द्रविनायक मार्गमा पुस्तौ देखिनै उहाँले सुनचाँदी व्यवसाय गर्दै आइरहनुभएको छ ।

श्री विनायक सुनचाँदी पसल उहाँको सवै भन्दा पुरानो पसलको रुपमा अहिले सम्म ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । पूराना तथा नयाँ डिजाईनका गहनाहरुको लागि श्री विनायक सुनचाँदी पसल प्रशिद्ध रहेको छ । नेवारी परम्परागत गहना देखि लिएर आधुनिक नेकलेस,हार,चुरा,मंगलशुत्र,कानमा लगाउने विभिन्न झुम्काहरुमा समेत श्री विनायक सुनचाँदी पसल प्रशिद्ध रहेको छ ।

काठमाडौं सुनचाँदी व्यवसायी संघको कार्यकारणी सदस्य समेत रहनुभएका पूण्यरत्न बज्राचार्य प्रतिष्ठित व्यवसायी मात्र नभएर एक कुशल समाजसेवी समेत हुनुहुन्छ । खासगरी समाजसेवाको क्षेत्रमा उहाँ चक्रपथ सरसफाईको प्रमुख अभियन्ता मध्ये एक हुनुहुन्छ । उहाँको नेतृत्वमा चक्रपथलाई फोहरमुक्त बनाउन कयौपटक सरसफाई गर्ने काम भएको छ । विभिन्न संघसंस्था र स्वतन्त्र व्यक्तिहरुको साझेदारीमा चक्रपथ सरसफाईको काम जारी रहेको बज्राचार्यले बताउनुभयो । हरेक हप्ता चक्रपथ सडकमा छरिएका फोहर टिप्न आफुँ स्वंयम समेत संलग्न हुनुहुन्छ । चक्रपथलाई फोहरमुक्त बनाउने अभियानमा उहाँ कहिले एक्लै त कहिले साथीभाईको सहयोगमा खटिने गर्नुहुन्छ ।

रक्तदान जीवनदान भन्ने पक्षलाई उहाँले आफ्नो जीवनमा सवैभन्दा महत्वपूर्णरुपमा लिनुभएको छ । त्यसैले त पूण्यरत्न बज्राचार्यले अहिलेसम्म ८२ पटक रक्तदान गरीसक्नुभएको छ । सम्भवत जीवनमा यति धेरै रक्तदान गर्ने पहिलो सुनचाँदी व्यवसायी हुन सक्ने ठम्माई गर्न सकिन्छ । जीवनलाई यात्रा र समाजसेवा सम्झनुहुने उहाँले अल इण्डीया नेपालका ६० भन्दा वढी जिल्ला र कयौन यूरोप,एसीया तथा गल्फ देशहरुको भ्रमण गरिसक्नुभएको छ । यात्राको अविस्मरणीय पलहरुले जीवनमा अझ अघि बढ्न ज्ञान र बाटो देखाएको वरिष्ठ गहना व्यवसायी बज्रचार्य बताउनुहुन्छ ।

सुनको अभाव,स्पष्ट नीति नियम नहुँदा अहिले व्यवसायी मारमा परेकाले यस विषयमा सरकारले यथासक्य छिटो कदम चाल्नुपर्ने व्यवसायी बज्रचार्य बताउनुहुन्छ । सिजनको बेलामा सुनको परिणाम बढाएको खण्डमा व्यवसायीहरुलाई राहत हुने उहाँको भनाई छ । राज्यले सुनचाँदी व्यवसायलाई नीतिमा राखेर ,राम्रो ढंगबाट नियमन गरेको खण्डमा सुनचाँदी पेशाको भविष्य राम्रो हुने र विदेशमा नेपाली मौलिक गहना विक्री गरेर समेत डलर आम्दानी गर्न सक्ने व्यवसायी बज्रचार्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्