शिल्प व्यवसायी संघले भव्य ज्वेलरी फेशन गर्दैै,तयारी यस्तो ?

नेपाल सुनचाँदी तथा शिल्प व्यवसायी संघले १० औं वार्षिकोत्सव भव्यरुपमा मनाउने भएको छ ।

साधारणसभाको अवसरमा यहि पौष १९ गते शनिवार सासा ब्याङक्युट नयाँबजारमा भव्य ज्वेलरी फेशन शोको समेत आयोजना गरेको छ । नेपाली मौलिक गहनाको प्रवद्र्धन र कालिगढहरुको सिपलाई उजागार गर्ने उद्देश्य अनुरुप शिल्प व्यवसायी संघले पहिलो पटक ज्वेलरी फेशनको आयोजना गरेको संघका अध्यक्ष टंक बराईलीले बताउनुभयो । स्थापानाको १० औं वर्षगाँठ मनाउनको लागि विशेष तयारी गरिएको उहाँको भनाई छ । कार्यक्रममा नेपाल सरकारका उच्च तहका प्रतिनिधि,गुणस्तर तथा नापतौल लगायतका क्षेत्रका व्यक्तिहरुलाई समेत आमन्त्रण गरेर गहना बजारको योगदानको विषयमा जानकारी गराईने बताइएको छ । ज्वेलरी फेशनले कालिगढहरु कलालाई प्रवद्र्धन गर्नुका साथै प्रचार प्रसारमा थप टेवा पुग्ने नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले जनाएको छ । वार्षिकोत्सव तथा ज्वेलरी फेशनको वारेमा संघका अध्यक्ष टंक बराईलीसँग गरिएको अन्र्तवार्ता पत्रिकामा प्रकाशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्