शिल्प व्यवसायीको वार्षीकोत्सवमा राष्ट्रियसभा अध्यक्षले के भन्नुभयो ?

काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले सुनचाँदी व्यवसायीको विकासको लागि आवश्यक कानुन निर्माणको लागि आफु प्रतिवद्ध रहेको बताउनुभएको छ ।

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको नयाँबजारमा सम्पन्न १० औं साधारणसभा तथा ज्वेलरी फेशनको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि तिमिल्सीनाले सुनचाँदी व्यवसाय रोजगारी,सीप र कलाको क्षेत्रमा राम्रो व्यवसाय भएकाले यसलाई विकास गर्न राष्ट्रिय सभाको अध्यक्षको हैषियतले कानुन निर्माणमा आफुले सहयोग गर्ने बताउनुभएको हो ।

कार्यक्रममा विशेष अतिथि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश सुनचाँदी रत्न क्षेत्रको विकासको लागि आफुहरुले वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग मिलेर उच्चस्तरीय ढंगबाट काम गरेको बताउनुभयो ।

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष टंकबहादुर बराईलीले रोजगारी,कलाको क्षेत्रको सुनचाँदी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसलाई अनुत्पादक क्षेत्र भनेर राज्यले पेल्न नहुने बताउनुभयो । नेपाली गहना निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सक्ने प्रशस्त सम्भावाना भएकाले राज्यले राजश्व छुट गरेर व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । पुरानो गहना खरिद गर्दा त्यसका लागि स्पष्ट व्यवस्था गर्न सकेको खण्डमा व्यवसायी मारमा नपर्ने उहाँको भनाई छ ।

शिल्प व्यवसायी संघको १० औं वर्षगाँठको अवसरमा ज्वेलरी फेशन तथा स्मारिका विमोचन समेत गरिएको थियो । कार्यक्रममा सांसद बहादुरसिंह लामा लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्