व्यवसायी मञ्चको तेस्रो साधारणसभाको यस्तो तयारी

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी मञ्चको तेस्रो साधारणसभा पुस २६ गते शनिवार हुने भएको छ ।

नौधरा सामुदायिक वन गोदावरी ललितपुरमा हुने कार्यक्रमलाई सफल बनाउन विशेष तयारी गरिएको मञ्चका अध्यक्ष गणेश लकान्द्रीले बताउनुभयो । साधारणसभामा सुनचाँदी क्षेत्रमा आइपरेका समसामयिक समस्याका विषयमा समेत छलफल गरी कसरी निराकरण गरेर जाने भन्ने विषयमा केन्द्रित गरिने अध्यक्ष लकान्द्रीले बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेशको रत्न पत्थरलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख अतिथिको रुपमा निम्ता गरिएको लकान्द्रीले बताउनुभयो ।

मञ्चका महासचिव खेम तिरुवाले पछिल्लो समयमा सुनको मूल्यवृद्धिले सुनचाँदी क्षेत्रमा पारेको असर र कालिगढ पलायनलाई कसरी रोक्न सकिन्छ भन्नेमा विशेषरुपमा साधारणसभामा छलफल गरीने बताउनुभयो । सदस्यहरुबीच आपसी वनभोज सहित गरिने कार्यक्रममा लोकगायक कुलेन्द्र विश्वकर्माले साँस्कृतिक प्रस्तुती दिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्