कालिगढहरुले ३ लाखदेखि शेयर हालेर कम्पनी गर्ने अवस्था छैन : खेम तिरुवा

सुनचाँदीको मूल्यले आकाश छोएपछि नेपाली सुनचाँदी बजारको व्यापार चौपट भएको छ । सुनको मूल्य बढेपछि माग नहुँदा कालिगढहरु हात बाधेर बस्नुपरेको छ । बजार असन्तुलित हुँदा कतिपय कालिगढहरु पेशाबाट पलायन हुँदै विदेशीन थालेका छन् । प्रस्तुत छ यसै विषयमा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका महासचिव खेम तिरुवासँग गरिएको कुराकानी । 

तपाई कालिगढको नेतृत्व सम्हाल्दै मञ्चको महासचिवसम्म आईपुगेको व्यक्तित्व हुनुहुन्छ अहिले बजारम कालिगढको अवस्था कस्तो छ ? 

सुनचाँदीको मूल्य उच्च विन्दुमा पुग्दा अहिले बजारमा गहनाको मागनै घटेको छ । माग घट्दा कालिगढहरुले काम नपाईरहेको अवस्था छ । कालिगढहरुलाई टिकाउनै नसक्ने अवस्था आएको छ यसले गर्दा कालिगढहरु विदेश जानुको विकल्प नभएको बताउन थालेका छन् । सिक्दै गरेका कालिगढहरुलाई सिक्नको लागि भनेर कामचलाउ व्यवहार टार्ने काम भएको छ । दक्ष कालिगढहरुले भने अनुसारको काम अनि दाम नपाउँदा विदेशनै ताकेर यो पेशाबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

तपाईको तेस्रो साधारणसभा हुँदैछ बजारमा आएको यि यावत समस्याको वारेमा केही सोच्दै हुनुहन्छ ? 

हो सुनचाँदी बजारमा देखिएको समस्याको वारेमा हाम्रो तेस्रो साधरणसभामा छलफल हुँदैछ । व्यवसायमा उत्पन्न साझा समस्याको वारेमा कसरी फेस गर्न सकिन्छ यसमा हाम्रो पक्कै पनि ध्यान केन्द्रित हुनेछ । कार्यक्रममा सुनचाँदी क्षेत्रका विशिष्ट विज्ञ व्यक्तिहरुले पक्कै पनि महत्वपूर्ण सुझाव सल्लाह दिनुहुनेछ यसबाट हामीलाई केही राहत हुने विश्वास लिएका र्छौ ।

अहिलेको अवस्थामा विभिन्न अन्र्तराष्ट्रिय उद्योग सुरु गर्ने भनेर कालिगढहरुसँग लगानीको लागि भनेर पैसा उठाएको पनि पाइन्छ यो कत्तिको प्रभावकारी होला ? 

यो केही साथीहरुले जातिविशेषमा केन्द्रित भएर कालिगढहरुलाई राम्रो गर्ने भनेर उद्योग सुरु गर्ने र शेयर संकलन गर्ने अभियान सुरु गर्नुभएको छ । कालिगढको हितको लागि हो भने त्यो पक्कै राम्रो हो । तर अहिलेको अवस्थामा के यो सम्भव छ भन्ने प्रश्न खडा भएको छ । कालिगढहरुलाई दुई छाक खानकै लागि समस्या छ ,दक्ष कालिगढ काम नभएर विदेश पलायन हुनुपर्ने अवस्था सुनचाँदी दरभाउले गर्दा भएको छ । यो अवस्थामा वैंकबाट ३ लाख ऋण काढेर के कालिगढले उद्योगमा लगानी गरेर त्यहाँबाट छिट्टै प्रतिफल आउछ र किस्ता तिर्न सक्छु भन्ने ग्यारेन्टी छ र ? अहिलेको अवस्थामा अन्र्तराष्ट्रिय उद्योगधन्दा गरेर कालिगढको पुँजीलाई सुरक्षीत गर्न अप्ठेरो रहेको छ । अर्को कुरा ३ देखि ६ लाखसम्म शेयर हालेर काम गर्न कालिगढहरुलाई अहिलेको अवस्थामा गाहे रहेको छ ।

प्रतिक्रिया दिनुहोस्