के कारणले भयो सुन तोलामा ७६५०० ?

नेपाली बजारमा सुनको मूल्य आकाशिने क्रम जारी रहेको छ । बुधवार सुन अहिलेसम्मकै सवैभन्दा वढी तोलामा ७६ हजार ५ सय पुगेको छ । सोमवार यस अघि उच्च बिन्दुमा पुगेको थियो । सोमवार सुन तोलाको ७६ हजार पुगेको थियो । आइतवार ७५ हजार ५ सय रहेको थियो । चाँदी प्रतितोला ९ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको सोमवार ७६ हजार पुगेको हो । एकाएक सुन सोमवारको रेटलाई उछिन्दै बुधवार ७६ हजार ५ सय पुगेको हो । यो सुनचाँदी इतिहाँसमै अहिलेसम्मको धेरै हो ।

नेपालको सुनचाँदी बजारमा इतिहाँसमै पहिलोपटक यसरी धेरै सुनको मुल्य बढ्न पुगेको हो । अन्र्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय डलरसम्म पुगेपछि सुनको मूल्य बढ्न पुगेको छ ।

सुनको मूल्य बढेपछि कस्तो असर ? 

सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पर्न सुरु गरेको छ । सुनको मूल्यमा नयाँ नयाँ रेकर्ड कायम हुन थालेपछि पसलमा ग्राहकको चहलपहल घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । बजारमा अहिले व्यवसाय चौपट भएको र व्यापारबाट पलायन हुनुपर्ने अवस्था त आउने होइन भन्दैं सोच्नुपर्ने बेला आएको शाक्यको भनाई छ । अहिले बजारमा सुन किन्ने भन्दा पनि गहना विक्री गर्नेहरु आउन थालेको उहाँको भनाई छ । बजारमा पूँजी पनि अभाव भएको बेलामा कसरी गहना किन्ने शाक्यले बताउनुभयो ।

इरान र अमेरिकाको तनावले मूल्यमा नयाँ रेकर्ड

सुनको मुल्य बढ्नमा यस अघि चीन र अमेरिकाको व्यापार युद्ध प्रमुख कारक रहेपनि पछिल्लो समय इरान र अमेरिकाको द्धन्द्ध सिर्जना भएपछि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न थालेको छ । लगानीकर्ता शेयर,उद्योग तिर नभए पूँजी सुरक्षाको लागि सुनतर्फ लगानी गर्न थालेपछि मूल्य बढ्न थालेको महासंघका पूर्व अध्यक्ष शाक्यले बताउनुभयो ।

इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा पनि देखिएको हो । गत शुक्रबार अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुर्दिस फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका थिए । बगदाद अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख मारिएपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ । दुई देशबीच युद्ध हुने आशंकाले विश्व बजारमा सुनको जोहो गर्न सुन किन्नेदर बढेकाले सुनचाँदीको मूल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्