ललितपुर सुनचाँदीको रजत वर्ष,अधिवेशन पनि हुँदै

ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघको २५ औं रजत जयन्ती समापन समारोह भव्यताका साथ हुने भएको छ । सोही अवसरमा संघको सातौं वार्षीक साधारणसभा तथा तेस्रो अधिवेशनको समेत तयारी गरिएको छ ।

समारोहको प्रमुख अतिथिको रुपमा वाङ्गमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई निमन्त्रणा गरिएको छ । पुस २६ गते शनिवार यल दरबार पार्टी प्यालेस शंखमूल,ललितपुरमा आयोजना गरिएको कार्यक्रममा सुनचाँदी व्यवसायिक क्षेत्रका विशिष्ट व्यक्तित्व,पत्रकार,व्यवसायिक सदस्यहरुलाई समेत निमन्त्रणा गरी कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने तयारी गरिएको संघका महासचिव सुविन बज्रचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्