ललितपुर सुनचाँदीमा एक व्यक्ति एक पदको सुरुवात

ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघका पदाधिकारीहरुले दोहोरो पद धारणा नगर्ने बताएका छन् ।

ललितपुर सुनचाँदी व्यवसायी संघको २५ औं रजतजयन्ती तथा अधिवेशनको पूर्वसन्ध्यामा संघको कार्यालय गावाहलःमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष किरणभाई बज्रचार्यले नेपाल सुनचाँदी व्यवसायी महासंघमा समेत आफु सचिव भएकाले दोहोरो पदमा नबस्ने बताउँदै यसपाली ललितपुर सुनचाँदीको नेतृत्व परिवर्तन हुने बताउनुभयो । ललितपुर सुनचाँदीको अध्यक्षमा प्रथम उपाध्यक्ष रमेशवहादुर शाक्यको नाममा सहमति भएको र अन्य पदाधिकारी समेत सर्वसम्मतीमा गरिने अध्यक्ष बज्रचार्यले बताउनुभयो । दोहोरो जिम्मेवारी लिदा पद मात्र ओगट्ने प्रवृत्ति अन्त्य गर्दै राम्रो कार्य सम्पादन गर्न ललितपुर सुनचाँदी पदाधिकारीहरुले राम्रो कामको सुरु गर्न एक व्यक्ति एक पदको अवधारणा लागु गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा संघको स्थापानाकालदेखिको संक्षिप्त इतिहाँस समेटिएको प्रेस नोट प्रदान गरिएको थियो । कार्यक्रममा बोल्नुहुँदै संघका अध्यक्ष किरणभाई बज्रचार्यले व्यवसायलाई व्यवस्थित बनाउँदै गुणस्तीय गहना प्रदान गर्न संघले स्थापनाकालदेखिनै महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा संघका महासचिव सुविन बज्रचार्यले रजतजयन्ती समापन समारोहलाई भव्यताका साथ सफल बनाउन सवैलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रथम उपाध्यक्ष रमेशबहादुर शाक्यले उपस्थित सवैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । ललितपुर सुनचाँदीको रजत जयन्तीको समापन तथा तेस्रो अधिवेशन पुस २६ गते शनिवार भोली शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्