सुनचाँदी व्यवसायलाई राज्यले उचित संरक्षण गर्छ : मूख्यमन्त्री शाही

ललितपुर । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुनचाँदी व्यवसाय क्षेत्र पनि अर्थतन्त्र विकासको महत्वपूर्ण क्षेत्र भएकाले यसको विकासको लागि राज्यले उचित संरक्षण गर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको ललितपुरको गोदावरीमा आयोजित तेस्रो साधारणसभालाई सम्बोधन गर्दै सुनचाँदी क्षेत्रलाई अर्थतन्त्रमा टेवा पुराउनेगरी विकास गर्न कानुनी व्यवस्थापन गर्दै व्यवसायिक विकास गर्न राज्य  लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले सुनचाँदी सम्बन्धी स्पष्ट नीति नियम नहुँदा व्यवसाय गर्न कठिनाई भएको बताउनुभयो । नेपाली गहनालाई विश्वबजारमा पुराउन सरकारले उचित कानुन बनाएर व्यवसायीहरुलाई प्रोत्साहित गर्नुपर्ने महर्जनले बताउनुभयो ।

मञ्चका अध्यक्ष गणेश लकान्द्रीले कच्चापदार्थको अभावमा सुनचाँदी व्यवसायीहरुलाई अप्ठेरो परेकाले राज्यले उचितरुपमा सुनको आपूर्ति गर्नुपर्ने बताउनुभयो । व्यवसायीहरुलाई भई परी आउने समस्यामा आफ्नो संगठनले स्थापनाकालदेखिनै भूमिका निर्वाह गरेको लकान्द्रीको भनाई छ ।

कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै मञ्चका महासचिव खेम तिरुवाले व्यवसायीहरुको माग अनुसार सुनको आपूर्ति हुनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले छोटो समयमै मञ्चले सुनचाँदी क्षेत्रको विकासमा राष्ट्रियस्तरको भूमिका निर्वाह गरेको भन्दैं आफुहरुलाई खुशी लागेको बताउनुभयो । सो अवसरमा मञ्चमा आवद्ध सयौ सुनचाँदी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्