ललितपुर सुनचाँदीको अध्यक्षमा रमेशबहादुर शाक्य

ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा रमेशबहादुर शाक्य सर्वसम्मती चयन हुनुभएको छ ।

शनिवार सम्पन संघको तेस्रो अधिवेशनले रमेशबहादुर शाक्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा मोतिमान(हेम) बज्राचार्य,द्धितिय उपाध्यक्षमा बिजेन्द्र बज्राचार्य,महासचिवमा ,विपिन शाक्य,कोषाध्यक्ष हेराकाजी शाक्य,सचिवमा संजय शाक्य,सहकोषाध्यक्षमा राजेन्द्र शाक्य,सदस्यहरुमा राकेश बज्राचार्य,सिद्धिरत्न बज्राचार्य,सुदन शाक्य र निरञ्जन बज्राचार्य सर्वसम्मती चयन हुनुभएको छ ।

सोही अवसरमा संघले स्थापानाको २५ औं रजत जयन्ती समेत मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालीको कला सँस्कृतिको जगेर्नामा सुनचाँदी क्षेत्रले पनि अतुलनीय भूमिका निर्वाह गरेको बताउनुभयो । यस क्षेत्रका नयाँ पुस्ताले नाफा र नोक्सानलाई मात्र नहेरी सुनचाँदी क्षेत्रको कला र सँस्कृतिको खोज अनुसन्धानमा लाग्न सके आफ्नो मौलिक कला र पहिचानलाई संरक्षण गर्न सकिने बताउनुभयो । सोही अवसरमा बोल्नहुँदै संघका अध्यक्ष किरणभाई बज्रचार्यले संघको ललितपुरको सुनचाँदी क्षेत्रको विकासमा आफ्नो कार्यकालमा व्यवसायमा आइपरेको समस्या समाधानको लागि अग्रसर भएर लागि परेको बताउनुभयो । कार्यक्रममा ललितपुरका सांसद नवराज सिलवाल,उपभोक्तावादी संस्था लगायतका प्रतिनिधिहरुले सुनचाँदीको नीति नियम निर्माणमा उचित भूमिका खेल्ने बताएका थिए । कार्यक्रम संघका महासचिव सुविन बज्राचार्यले संचालन गर्नुभएको थियो । ललितपुर सुनचाँदी व्यवसायी संघले यसैवर्ष देखि एक व्यक्ति एक पदलाई आत्मासात गर्दै किरणभाई बज्रचार्य र सुविन बज्राचार्यले आगामी दिनमा महासंघमा रहेर काम गर्ने बताइसक्नुभएको छ । संघका नवनिर्वाचित अध्यक्ष रमेशबहादुर शाक्यसँग गरिएको अन्तरवार्ता पत्रिकामा प्रकाशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्