उवासंघ अध्यक्षमा सुनचाँदी व्यवसायी शाक्यको उम्मेद्वारी

चितवन । उद्योग वाणिज्य चितवनको अध्यक्षमा वरिष्ठ सुनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले अध्यक्ष पदको लागि उम्मेद्वारी दिनुभएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको उपाध्यक्ष समेत रहनुभएका शाक्यको उम्मेद्वारीलाई देशभरका सुनचाँदी व्यवसायीहरुले विशेष महत्वका साथ हेरेका छन् । लामो समय सम्म चितवन सुनचाँदी व्यवसायी संघको अध्यक्ष हुँदै हाल महासंघको केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका शाक्यलाई जिताउन चितवन सुनचाँदी सुनचाँदी व्यवसायी संघले सवैमा हार्दिक अपिल समेत गरेको छ । संघका प्रवक्ता विकास बर्माद्धारा जारी अपिलपत्रमा शाक्यले सुनचाँदी क्षेत्रमा मात्र नभई समाजसेवामा समेत अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ । न्यू लोकमान एण्ड सन्सका संचालक ज्ञानेन्द्रमान शाक्य चितवनकै प्रतिष्ठित व्यवसायी मध्ये एक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्