किन फुटे चितवनका सुनचाँदी व्यवसायी ?

चितवन । पूर्वी चितवनका सुनचाँदी व्यवसायीलाई लामो समयसम्म नेतृत्व गरेको टिमले अग्रेजी नयाँ वर्ष जनवरी १ तारिकको दिन फुटको उपहार दिएका छन्  । पूर्वी चितवनका व्यवसायीहरुलाई नेतृत्व गर्दै आइरहेको प्रेम खातीको टोली एकाएक नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध भएको दर्ता प्रमाणपत्र लिएको समूहको फोटो महासंघले सार्वजनिक गरेपछि चितवनका सुनचाँदी व्यवसायीहरु वीच उत्पन्न विवाद उत्कर्षमा पुगेर विष्फोट भएको सवैलाई महशुस भएको छ यतिबेला । नवलपरासीमा पनि व्यवसायीहरुका वीच आपसी विवादका कारण रत्न आभूषण महासंघमानै समाहित भएर गैंडाकोट सुनचाँदी व्यवसायी संघ जन्मेपछि यो घटनाको श्रृंखला फेरी चितवनमा दोहोरिएको हो ।

प्रेम खाती के भन्नुहुन्छ ? 

“हाम्रो संस्था तत्कालिन समयमा वैधानिक नहुँदा बैंक खाता खोल्न नसक्नु,आयस्रोत बढाउने कार्य गर्न नसक्नु लगायतका कारण २०७३ सालमा प्रशासन कार्यालयमा चितवन सुनचाँदी व्यवसायी संघको नाममा दर्ता गरिएको हो । हामीले व्यवसायिक हकहितको क्षेत्रमा काम गर्दै थियौ वीचमा २०७५ सालमा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जून रसाईली र जिल्ला अध्यक्ष जीवनज्योति सदाशंकर लगायतका व्यक्तिहरु आएर दुई तिहाईबाट विजयी म लगायतको टिमलाई कुनै जानकारी नदिई नरेन्द्र गौतमको अध्यक्षतामा अर्को कमिटि गठन गर्नुभयो । यसरी हाम्रो वैधानिक टिमलाईनै विस्थापित गरेर कदम चालिएपछि हामी बाध्य भएर रत्न आभूषण महासंघमा समाहित भएका हौं । हामी जुन महासंघमा भएपनि व्यवसायी हितको लागि काम गर्ने हामीसँग १४० व्यवसायी मध्ये १०० जना हामी एकठाँउमा रहेका र्छौ । नरेन्द्र गौतमजीलाई पनि हाम्रो संस्थामा आउनुभयो भने स्वागत छ उहाँहरु नआएपनि खासै फरक पर्दैन । ”

नरेन्द्र गौतम के भन्नुहुन्छ ? 

चितवन सुनचाँदी व्यवसायी संघको टिम नारायणगढबाट गएर नरेन्द्र गौतम अध्यक्ष बनेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको छ ।

“ चितवनका सुनचाँदी व्यवसायीवीचमा यो फुट आउनुको भागीदार प्रेम खातीनै हुनुहुन्छ । उहाँले लामो समयसम्म संस्थालाई आफुखुशी झोलामा हालेर चलाउनुभयो । दुई तिहाई भोटबाट जिते भन्नुहुन्छ तर उहाँले कुनै पनि निर्वाचन प्रक्रिया पुराउनुभएन । संस्थालाई जुन ढंगबाट चलाउनुपर्ने थियो त्यो नभएपछि व्यवसायीहरुले विरोध गरेपछि उहाँ अरुनै संस्थामा जानुभएको हो । पूर्वी चितवनका सुनचाँदी व्यवसायीहरु हामी नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्र्तगतनै रहेर काम गरिरहेका र्छौ । ”

चितवन सुनचाँदी व्यवसायी संघका अध्यक्ष टेकबहादुर विश्वकर्मा के भन्नुहुन्छ ? 

“रत्न आभूषण महासंघमा पूर्वी चितवनका व्यवसायी भन्दा पनि प्रेम खाती लगायतका केही व्यवसायी गएका हुन् । पूर्वी चितवनमा नरेन्द्र गौतमजीकै अध्यक्षतामा बनेको टिमनै आधिकारीक हो । साथीहरु नयाँ घरमा बस्नुहुन्न पुरानै घरमा फर्कनुहुन्छ भन्नेमा म विश्वस्त छु । नेपाल सुनचाँदी व्यवसायी महासंघबाट उपलब्ध हुने सवै सेवा सुविधा उहाँहरुलाई दिएकै हो । उहाँहरु व्यक्तिगत स्वार्थमा जानुभएको हो । हामीले वारम्वार समानप्रकृतिको संस्था किन समानान्तर जस्तो नाम राखेर बनाउने यसै मातहात जाउ भन्दा उहाँहरु नमान्नुभएको हो । ”

चितवनको सुनचाँदी व्यवसायी आखिर जे भएता पनि व्यक्तिगत टकराव, अहमता,स्वार्थ र गुटगत धारणाका कारण विभाजन भएका छन् । व्यवसायिक फुटका कारण चितवनको सुनचाँदी आन्दोलन एक हिसावले अन्तत्वगत्वा कम्जोर भएको छ यसले व्यवसायीलाई फाइदा भन्दा पनि वेफाइदानै पुराएको छ । यसकिसिमको विभाजन अरु जिल्लामा थप देखिए नेपाल सुनचाँदी व्यवसायी महासंघलाई घाटा र रत्न आभूषण महासंघलाई भने आफ्नो सांगठनिक पकड बलियो बनाउन मौका मिल्न जाने देखिन्छ । ”

प्रतिक्रिया दिनुहोस्