महासंघमा गुटगत झगडा,वैठकमा कोरम पुगेन

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको माघ १२ गते शनिवार बसेको कार्यसमितिको वैठक कोरम नपुगेपछि निर्णय विहिन भएको छ ।

गौरवपूर्ण इतिहाँस बोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यसमिति वैठकलाई इतिहाँसमै लज्जास्पद बनाइएको यो घटनालाई लिएर सवैले चिन्ता व्यक्त गरेका छन् । महासंघ आफैमा विरासत बोकेको सुनचाँदी क्षेत्रको भरोसा बोकेको संगठन हो तर केही पदाधिकारीहरुको जुँगाको लडाई र गुटगत द्धन्द्धका मंसीर १२ को कार्यसमितिको वैठकमा महासंघको वैठकको गरिमाको खिल्लीमात्र उडाईएको छैन कार्यसमितिका पदाधिकारीहरुको भावानालाई समेत ठेस पुराउँदै कहिले वैठक स्थगीत त कहिले वैठक स्थिगीत नभएको भन्दैं अन्योलता उत्पन्न गराउने कार्य भएकोप्रति स्वयम पदाधिकारीहरुले समेत चिन्ता व्यक्त गरेका छन् ।

महासंघको तेस्रो अधिवेशनको तयारी र विविध पक्षको विषयमा निर्णय लिने भन्दै वैठक राखिएको थियो । ५५ जनाको कार्यसमिति रहेको महासंघको उक्त वैठकमा १३ जनामात्रै उपस्थिती भएपछि कोरमनै नपुगेपछि वैठक निर्णयविहिन डिसमिस भएको हो । पछि एक जना भने खाना खानाको लागि होटलमा पुगेपछि १४ जनाको संख्या गन्ने प्रयास भएको थियो ।

कार्यसमिति वैठक पूर्वको घटनाक्रम

शुरुमा महासंघका अध्यक्ष मोहन विश्वकर्माले विधानमा देखिएको त्रुटीलाई सच्चाउने,सहमतीको पालनाको लागि गृहकार्य गर्ने भन्दैं वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यसँगको छलफलपछि वैठक स्थगीत गरिएको थियो । फेरी सहमतीको मसी सुक्न नपाउँदै अध्यक्ष मोहन विश्वकर्माको दबाबमा फेरी बैठक राखिएपछि महासंघका कार्यसमिति सदस्यहरुमा अन्योलता उत्पन्न भएको बताइन्छ । महासंघको वैठक स¥यो भनेर ढुक्क भएका पदाधिकारी फेरी वैठक बस्ने भन्ने निर्णयको पत्र सार्वजनिक हुँदा दुईवटा पत्रबाटै महासंघको गुटबन्दी झगडा सतहमै देखिएको थियो । स्थगीत भएको वैठक फेरी अध्यक्ष ज्यूले राख्न निर्देशन दिनुभयो सोही अनुसार पत्र पनि सर्कुलर गर्ने काम भयो तर वैठकमा कोरमनै नपुगेपछि निर्णयविहिन हुनुपरेको महासंघका जिम्मेवार पदाधिकारीले नाम नबताउने सर्त आभूषण बजार पत्रिकालाई बताउनुभयो ।

महासंघ भित्र तेस्रो महाधिवेशन पूर्वसन्ध्यामा देखिएको विभिन्न खालको गुटबन्दीको कारण नेपाल सुनचाँदी व्यवसायी महासंघको गरिमामाथि खेलवाड गर्ने काम भएको छ । पछिल्लो समयमा महासंघमा महाधिवेशन लक्षित नेतृत्व दौडमा भइरहेको छलछाम र जातिय धुव्रिकरणले महासंघलाई झनै कमजोर बनाएको भन्दैं व्यवसायी वृत्तबाट चिन्ता व्यक्त गर्ने काम भएको छ । यसमा सवै व्यवसायी तथा पदाधिकारी सचेत भएर महासंघको नेतृत्वले दोस्रो महाधिवेशनपछि गरेको कामको समिक्षा गर्दै र महासंघलाई हिलोछाप्ने प्रवृत्तिको अन्त्य गर्न लाग्नुपर्ने समय आएको छ । तीनवर्षको कार्यकाल नेतृत्वले जसरी व्यवसायी हकहितको पक्षमा विना उपलब्धी बिताएको छ झन सचेत नहुने हो भने महासंघमा देखिएको पछिल्लो विग्रहले महासंघको अस्तित्वनै खतरामा पर्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्