सुनको मूल्य माघयताकै उच्च

काठमाडौं । निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार पुगेको छ ।

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० ले बढेको हो । यही सोमबार र मङ्गलबार प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला ७५ हजार ६०० पुगेको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला १० ले वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ८८० पुगेको छ ।यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।

सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ ।

विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५८२ अमेरिकी डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्