सगरमाथाको उचाईमा आरवी डाइमण्डको गहना प्रर्दशन

द माउन्ट एभरेष्ट फेशन रन वे मा नेपालको प्रतिष्ठित आरवी डाइमण्डले नेपाली मौलिक गहनाहरु प्रर्दशन गरेको छ ।  विश्वप्रशिद्ध यो फेशन शो सगरमाथाको ५६४४ मिटरको उचाई कालापत्थरमा भएको थियो । विदेशी १५  र नेपाली ५ जना गरी २० जना मोडलले कालापत्थरको उचाईमा नेपाली मौलिक कपडा,आरवी डाइमण्डका रत्न पत्थर जडित गहना र क्राउन लगाएर ¥याम्पमा उत्रिएका थिए । भिजिट नेपाल २०२० को प्रमोसन,नेपाली मौलिक कपडा र गहनाहरुको प्रचारका साथै जलवायूको असरलाई न्यूनीकरण गर्ने सन्देश सहित फेशन शो को आयोजना गरिएको थियो । आर.वि. डाइमण्डका संचालक तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले नेपालका रत्न पत्थर जडित क्राउन,विभिन्न जातजातीको संस्कृति झल्काउने गहनाहरु आफुहरुले सगरमाथा क्षेत्रबाट विश्वजगतलाई चिनाउन सफल भएको बताउनुभयो ।

कासाले आयोजना गरेको उक्त फेशन रनवेमा आरवी डाइमण्डले १७ वटा आफैले निर्माण गरेको रत्नपत्थर जडित क्राउन प्रस्तुत गरेको थियो । सो अवसरमा सवैभन्दा बढी काइनाइटको क्राउनको चर्चा भएको महर्जनले बताउनुभयो । विश्वमा सवैभन्दा अग्लो उचाईमा भएको यो फेशन रनवे गिनिजबुकमा समेत रेकर्डका लागि अमेरिकाको एम टिभीले ८ वटा कार्यक्रमको श्रृंखला समेत तयार गरेको छ । नेपालको गहना र फेशन सगरमाथाको उचाईबाट प्रचार हुँदा नेपालको गहनाको प्रवद्र्धन विश्वस्तरमा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्