कोरोना भाईरसको सुनचाँदीमा यस्तो प्रभाव

काठमाडौं । कोराना भाईरसको प्रभावका कारण नेपालको आन्तरिक बजारमा सुन अभाव हुन थालेको छ ।

विदेशबाट आउने दैनिक ५० ग्राम सुन समेत आउन कमि हुन थालेपछि सुनको अभाव हुन थालेको व्यवसायीहरुले बताएका छन् । चीनबाट आउने नाकाहरुमा समेत कोराना भाइरसका कारण चेकजाँचमा कडाई हुन थालेपछि  सुनको अभाव हुन थालेको हो । विदेशबाट आउने यात्रुहरुले समेत सुन ल्याउन छाडेपछि वैंकहरुमा रहेको सुन धमाधम उठ्न थालेको जानकारीमा आएको छ । केही दिनसम्म २ सय केजीसम्म सुन बैंकबाट नउठेकोमा हाल आएर ५० केजीसम्म घटेको थाहा भएको छ । सिजनको समयमा गहनाको माग बढ्न थालेको तर अव सुनको अभाव विस्तारै हुन थालेको व्यवसायीहरुले बताउन थालेका छन् । बजार माग बढ्दै जाँदा फेरी पनि सुनमा कालोबजारी बढ्ने होकी भनेर व्यवसायीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्