सुनचाँदी साकोसद्वारा सामुहिक किरियापुत्री भवन निर्माणका लागी ५१ हजार सहयोग

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनद्वारा प्रवद्धित सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिकोत्सव कार्यक्रम आज शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।

सहकारीका सिद्धान्तहरू मध्ये समुदाय प्रति चाँसो भन्ने सिद्धान्तलाई अनुसरण गर्दै वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको साकोसका प्रबन्धक रमेशकुमार रामदामले जानकारी दिएका छन् ।

साकोसले सामाजिक कृयाकलापहरूलाई निरन्तरता दिँदै साकोसको सातौं वार्षिकोत्सवको अवसरमा विश्वकर्मा सेवा समिति चितवनद्वारा निर्माणधिन सामुहिक किरियापुत्री भवनलाई ५१ हजारको चेक हस्तान्तरण गरिएको प्रबन्धक रामदामले बताएका छन् ।

साकोसका अध्यक्ष बाबुराम रामदामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साकोसका उपाध्यक्ष एवम् वार्षिकोत्सब कार्यक्रमका संयोजक रूवेन रामुदामुले सहभागी सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो । साकोसका सचिव टुलक प्रसाद विश्वकर्माद्वारा सञ्चालन गरिएको कार्यक्रममा साकोसका संस्थापक अध्यक्षविपिन रामुदामु, निर्वतमान अध्यक्ष अर्जुन रसाईली र नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष टेकबहादुर विश्वकर्माले साकोसको प्रवर्द्धन र विकासका लागी हामी सबैको भूमिका अपरिहार्य रहेको बताएका छन् । कार्यक्रम विश्वकर्मा सर्वोदय उपसना मन्दिर, नारायणी किनार, नारायणगढको परिसरमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्