सुनबजारमा करोनाको प्रभाव ! सुनमा शेयर लगानीकर्ता डुबानमा

कोरोना भाईरसको त्रासको प्रभाव सुनबजारमा परेको छ । कोराना भाइरसको प्रभावका कारण सुनको मूल्य इतिहाँसमै महगीएर तोलाको ८२ हजार ७ सय सम्म पुग्दा नेपाली ग्राहक चकित परेका छन् । बजारमा सुनको कारोवार निकै घटेको छ । बेच्नेहरु पसलमा पुग्ने भएपनि खरिदकर्ताहरु अत्यावश्यक बाहेक अरु धेरै गहना किन्न हच्कीएका छन् । कोराना भाइरसको प्रभाव र सँगैको मूल्यवृद्धिले सवैभन्दा बढी चुनौति सुनचाँदी बजारलाई मध्यनजर गरेर सुरु गर्न लागिएको ठूला भनिएका अन्र्तराष्ट्रिय कम्पनीलाई परेको छ । अन्र्तराष्ट्रिय कम्पनी बनाएर देशव्यापीरुपमा पूँजी संकलन गरेर सुरु गर्ने भनिएको उद्योगहरु यतिबेला विलखबन्दमा परेका छन् । महासंघभित्र धुव्रिकरण गरेर बनाइएका भनिएका ठूला अन्र्तराष्ट्रिय कम्पनी दाबी गर्नेहरुलाई पहिलो गाँसमै ढुंगा भनेझै शेयर हालेकाहरु समेत डुबान हुने भएपछि अत्तालिएका छन् भने ठूलो सपना देखाइदिएपछि शेयर हाल्न तम्सीएकाहरु सुनचाँदी बजारमा देखिएको भयानक समस्याले डुब्ने डरले पछिल्लो समय छल्दै हिड्न थालेका छन् । अन्र्तराष्ट्रिय कम्पनी भनेर नेता जसरी भाषण गर्दै सपना देखाउनेहरु चर्को समस्या आउन थालेपछि मुख छोपेर टाउको लुकाएर हिडन थालेको खबरहरु बाहिरीन थालेको छ । कोराना त्रासको कारण चीनका कतिपय प्रविधि र सामानसँग समेत ती कम्पनीले बनाएको योजनाहरुको कनेक्सन टुटेपछि झनै अस्तव्यस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्